खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

डिसी नेपाल
१४ असार २०७९ १३:१६
44
Shares

सुर्खेत। मौसममा आएको खराबीका कारण कर्णालीकाे हवाई उडान प्रभावित भएको छ। माैसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ।

सडक सञ्जाले नजोडिएकाे जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन्। नेपालगञ्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएकाे डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए। ‘सडक सञ्जलासँग नजोडिएको हवाइ मार्गमार्फत यात्रा गर्दै आएका थियौं।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ।’

मंगलबार बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण काठमाडौंबाट सुर्खेत उडान भर्न लागेको बुद्ध एयर जहाज काठमाडौंमा डिले भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *