कर्णालीका टेलिकम टावर भरपर्दो बनाउन आग्रह
कर्णाली । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले कर्णालीमा टेलिकमको सेवा भरपर्दो बनाउन आग्रह गरेका छन् ।
ऊर्जामन्त्री सिंह र नेपाल टेलिकम सुर्खेतका प्रमुख शिवराज खनालबीच टेलिफोन टावरमा विद्युतीकरण गर्नका लागि आज मन्त्रालयमा भएको छलफलमा उनले भरपर्दो टावर बनाउन आग्रह गरेका हुन् । “अहिले पनि कर्णालीका डोल्पा, जाजरकोट लगायतका जिल्लाहरुमा रूख तथा अग्लो डाँडामा चढेर फोन गर्नुपर्ने अवस्था छ,” उनले भने, “नागरिकलाई सहज तरिकाले सूचना तथा सञ्चार पहुँच विस्तारको काम गरौँ ।”
छलफलका क्रममा गफभन्दा पनि काम गरेर देखाउनुपर्नेमा जोड दिँदै उनले जाजरकोटमा टावरको सङ्ख्या थप्न अनुरोध गरे । विद्युतीकरण नहुँदा टावरले कुनै समय काम नगरेको जनाउँदै खनालले मन्त्री सिंहलाई टावर रहेका ठाउँमा विद्युतीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए । मन्त्री सिंहले टावर भएको स्थानलाई विद्युतीकरणमा प्राथमिकता दिने विश्वास दिलाए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment