पद्मश्री पुरस्कारका लागि पाँचटा कृतिको सूची सार्वजनिक

डिसी नेपाल
१५ साउन २०७९ ७:१९
116
Shares

काठमाडौं। खेमलाल-हरिकला समाजकल्याण प्रतिष्ठानले पद्मीश्री पुरस्कारका लागि पाँचवटा कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानले पद्मश्री साहित्यिक पुरस्कारको लागि तीन चरणका कृतिहरु सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो।

२०७८ सालभित्र प्रकाशित भइ प्रतिष्ठानमा प्राप्त भएका कृतिमहध्येबाट समितिले सिफारिस गरेको १५ वटा कृतिहरुको विस्तारित सूची गत असार १५गते सार्वजनिक गरिएको थियो। विस्तारित सूचीमा परेका कृतिबाट समितिले थप अध्ययन र मूल्यांकन गरी प्रतिष्ठानलाई संक्षिप्त सूचीका लागि पाँच वटा कृतिको नाम बुझाएको प्रतिष्ठानले जनाएको छ।

समितिले बुझाएका पाँच कृतिमा नवराज लम्सालको अग्नि, केवशराज ज्ञवालीको अर्को भोर, उषा हामलको भिक्षुसँग प्रेम, दीपक पराजुलीको भिथ्या र केयल बिनाबीको यादहरुको संङ्ग्राहल छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *