जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

डिसी नेपाल
१५ साउन २०७९ १२:५३

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ भुलभुलेमा लु.१ ज ३७५४ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिपमा सवार मुगु रारा छाँयानाथ नगरपालिका-२ बस्ने २४ वर्षीय दिपक तिरूवा रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका जिपका चालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिपमा सवार अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *