नौ महिनासम्म रोकिएको खाद्यान्न हुम्लाको लिमि पुग्यो
हुम्ला। चीन सरकारले अनुदान सहयोग दिएको तर हिमपातका कारण नौ महिनासम्म हिल्सामा रोकिएको खाद्यान्न अन्तत: नाम्खा गाउँपालिकाको लिमीमा पुगेको छ।
चीन सरकारले अनुदान स्वरुप दिएको उक्त ठूलो परिमाणका खाद्यान्न नारा लेकमा नौ महिना अघि नै पुगेको भए पनि बाटोका कारण रोकिएको र हाल न्यालुुको सडक मर्मत गरिएपछि भने गाडीमार्फत सो खाद्यन्नलाई लिमी पुर्याइएको हो।
नाम्खा–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार गत मङ्सिर महिनाबाट उक्त खाधान्न हिल्सामा नै रोकिएको थियो, जसलाई बाटो नभएका कारण हिल्सामा नै गोदाम बनाएर भण्डारण गर्नू परेको थियो। वाटो मर्मत भएलगत्तै गाडीमार्फत १ हजार १ सय बोरा खाद्यान्न भने हिल्साबाट सल्ली, न्यालुु हुँदै लिमीमा पुगिसकेको छ। यसरी पुगेको सो उक्त खाद्यान्न लिमीका २ सय १२ घरधुरीलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ।
गत मंशिरमा नै आएको तर हिमपातका कारण हिल्सा रोकिएको भएपनि त्यस मध्येका केही मात्राको खाद्यान्न भने यसअघि नै हेलिकोप्टरबाट ढुवानी गरेर आपूर्ति गरिएको थियो। बाटो मर्मत भए लगत्तै अब भने यसरी अनुदानमा आएका सबै खाद्यान्न लिमि पुर्याईनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment