‘नम्बर वान’भएर काम गर्न पाएँ भने लोभ नभएको नेताले कसरी कायापलट गर्न सक्छ भनेर देखाउन चाहन्छुः नेता सिंह

डिसी नेपाल
२१ साउन २०७९ १४:५१

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान ’ पोजिस अर्थात् प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरेका छन्। उनले शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा ‘नम्बर वान ’ भएर काम गर्ने चाहना रहेको बताएका हुन् ।

आफू ‘नम्बर वान ’ पोजिसनमा भए असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा जनतालाई देखाउने बताएका छन्।

सिंहले भने ‘मलाई साथ दिए, मौका पाएँ भने, ‘तल्लो स्तरदेखि नम्वर २ भएर काम गरेको छु ।अब ‘नम्बर वान ’ भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु’ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *