माओवादी प्रदेश १ ले यसअघि सिफारिस भएकालाई उम्मेदवार नबनाउने

डिसी नेपाल
१३ भदौ २०७९ ७:२१
28
Shares

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ।

माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलरसमेत जारी गरेको छ। यस्तो निर्णय गरेको हो।

बैठकको निर्णायानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन। समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन माताहातको कमिटीलाई निर्देशन दिएको छ।

यसरी सिफारिस भएका नेताको नाम २० भदौं भित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *