दुई समूहबीचको झडपमा एक जनाको मृत्यु
कर्णाली। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ।
तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment