भ्रष्ट्राचार र राजनीतिक बेइमानी विरुद्ध ‘पी सेभेन’को कविता गोष्ठी

डिसी नेपाल
२५ भदौ २०७९ २१:४४

काठमाडौं । सात जना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन)ले कविता गोष्ठी गरेको छ । समूहले देशमा बढ्दो भ्रष्ट्राचार र राजनीतिक बेइमानीका विरुद्धमा कविता गोष्ठी गरेको हो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ , भीराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए ।

गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले कविता वाचन गरेका थिए । समूहका एक सदस्य टङ्क उप्रेती काम विशेषका कारण गोष्ठीमा उपस्थित हुन नसके पनि उनलाई सामाजिक सञ्जालका माध्यमबाट गोष्ठीमा सहभागी गराइएको थियो ।

‘सङ्घ र प्रदेशको आसन्न निर्वाचनमा सहभागी बनौँ, असल उम्मेदवारको चयन गरौँ’ भन्ने नाराका साथमा गरिएको उक्त गोष्ठीमा पार्कमा घुम्न आएका युवायुवती र स्थानीयको ठूलो सहभागिता रहेको थियो ।

नेपाली कविता साहित्यमा तीन दशकभन्दा लामो साथ बिताइसकेका सात कविहरूको यो समूहले ‘यतैकतै’ संयुक्त कविता कृतिसमेत प्रकाशित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *