आँखा र कानको विशेषज्ञ उपचार अब जाजरकोटको नलगाडमै

डिसी नेपाल
५ असोज २०७९ १७:१६

जाजरकोट । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएको छ ।

नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उनले जानकारी दिए ।

नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको उपचार सेवा प्रवाह गर्दै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *