लागूऔषधसहित धनुषाबाट २ जना पक्राउ

डिसी नेपाल
८ असोज २०७९ १०:३२

काठमाडौं । लागूऔषधसहित धनुषाबाट २ जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी धनुषाले शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाइट्रोभ्याट २० पत्ता, नाइट्रोसन ५ पत्ता, स्पाजमो प्राँक्सीवोन प्लस १२ पत्ता र एक्सीप्लोन सय एमएल १९ बोत्तल बरामद गरेको छ ।

उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा महिनाथपुरबाट खटिएको शसस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको रातो रंगको डिस्कभर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा यादवले बोकेको बोराभित्र लागूऔषध फेला परेको बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *