३ दिनदेखि केयूकेएलमा तालाबन्दी

डिसी नेपाल
९ असोज २०७९ १५:२१

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा कर्मचारीहरुले तालाबन्दीसहित धर्ना दिएका छन् । केयूकेएलमा रहेको बिभिन्न कर्मचारी संगठनहरुले प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्ना दिएका हुन् ।

केयूकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुको माग रहेको छ ।

कर्मचारीहरुले सञ्चालक समितिले आफुहरुसंग गरेको भद्र सहमति अनुसार द्रुत प्रकृयाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेतिथी , विसंगती, अपारदर्शीता नियन्त्रण हुन नसक्ने केयूकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए ।

कर्मचारीहरुले आफुहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *