अन्तर्राष्ट्रिय सूचना दिवस : जुम्लामा नागरिक स्तरमा सूचनाको हकको उपयोग न्यून

डिसी नेपाल
१२ असोज २०७९ १९:१६

जुम्ला। जुम्लामा अन्तर्राष्ट्रिय सूचना दिवस मनाइएको छ । यसअघि र्राष्ट्रिय सूचना दिवस मनाउँदै आएको पाइन्थियो । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय सूचना दिवस मनाइएको हो ।

सूचनाको हक लागू भएको लामो समय पुगि सक्दासमेत नागरिक स्तरमा यसको प्रयोग न्यून छ । सूचनाको हक प्रयोग गर्नेमा पनि केही विद्यार्थी र पत्रकार भए पनि सर्वसाधारणले भने सूचनाको हक प्रयोग गर्ने गरेको पाइएको छैन ।

जुम्लाको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सूचनाको हक प्रयोग नागरिक स्तरबाट हुन जरुरी रहेको बताए । उनले मौखिक सूचना आदानप्रदान हुने गरे पनि लिखितमा सूचना माग्न कमै आउने गरेको बताए । प्रशासनमा सहायक प्रजिअलाई सूचना अधिकारी तोकिएको छ । यस्तै सबै निकायले सूचना अधिकराी तोक्न जरुरी छ ।

कुनै नागरिक सूचना पाउने अधिकारबाट बञ्चित हुन नहुने उनले बताए । उनले नागरिकले सूचना मागेर कुनै सरकारी कार्यालयले नदिएको उजुरी आए कानुनी प्रक्रियामा जाने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *