जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

डिसी नेपाल
१८ असोज २०७९ १७:४७

जाजरकोट । जाजरकोट, रकुम पश्चिम र डोल्पाका कृषक वर्षेवालीको रुपमा रहेको मकै भित्र्याउन थालेका छन् । मौसम पूर्व अनुमान विभागले पानी पर्ने आकलन गरेसँगै यहाँका किसान मकै भित्र्याउनेमा जोड दिन थालेका हुन् ।

तीन जिल्लाको लागि मकै खेती सबै ठुलो बाली हो । मकै भित्रयाएसँगै खनतोज गरेर तोरी अर्थवा गहुँ लगाउने गरिन्छ । आकाशे पानीको भरमा लगाइने तोरी र गहुबाली जमिन ओसिलो हुँदै लगाउने पर्ने बाध्यता छ । मकै भित्र्याएको लामो समयसम्मा जमिन खाली राखेमा ओसिलो पन हराउँदै जाने भएकाले छिटोभन्दा छिटो खनजोत गरेर काम पुरा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए ।

माथिल्लो भागमा मकै भित्र्याउने क्रम जारी रहेको छ भने तल्लो तथा मध्यभागमा तोरी र गहँु लगाउने काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । ढिला गरेर तोरी र गहुँ रोपेमा उम्रिने समस्या हुने भएकाले किसान दसैँैँँभन्दा बढी खेती किसानीतर्फ नै केन्द्रीत हुनुपरेको पञ्च भयार मावि नलगाड का शिक्षक वीरबहादुर खत्रीले बताए ।

हिउँदेबालीको लागि काम गर्नुपर्ने भएकाले किसान खेतबारीमै दसैँैँँ मनाउने अवस्थामा पुगेको रुकुम पश्चिम आठबीसकोटका तिलक बटालाले बताए । गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ । गाउँमा यूवाहो सङ्ख्यासमेत कम छ । वैदेशिक रोजगारीका कारण यूवा गाउँमा कम मात्रामा छन् ।

गाउँ, गाउँमा मदिराको बढी व्यापार हुने भएकाले गाउँमा घुम्ने वातावरण नभएको बारेकोट गाउँपालिका–५ का गणेश शाही बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *