दशैंको खुशी र रोदन

शंकर प्रसाद रिजाल
२० असोज २०७९ १२:४१

दशैं त आयो कतिलाई उस्तै, रुने र हाँस्ने दिन रात जस्तै

धनी रमायो सब चीज खाई, गरीब रोयो सब ऋण लायी         |१|

कति छ यसको महिमा अपार, हिन्दुहरुको यो ठुलो छ चाड

रमाई हिड्ने दिलदेखि सारा, दुर्गा भवानी सबको सहारा       |२|

मान्छेहरुको घरमा छ बास, दुर्गा भवानी पुजियेर खास

चंगा उडाइ र पिङग्यै चढाई, बसेर रम्छन सब यी दिदैमा     |३ |

हिमाललाई हिम नै छ प्यारो, गरीबलाई अति नै छ गारो

लाग्दैन कैले उसलाई घाम, तिर्थै घुमाए पनि चार धाम        |४ |

धनीहरुले रसपान गर्ने, गरिब चाहिं यस भित्र नाच्ने

रम्यो रमायो यसले तमाम, बडा दशैं नहोस बेलगाम          |५ |

जुवा र तास धनीको भनेर, गरीब रुने मन भित्र हेर

टिका लगाई जमरा जमायी, खुसि छन् सारा जगतै रमाई       |६ |

निधार शोभा अति भिन्न लाग्छ, मानौ सबैको सब भाग्य जाग्छ

टीका छ यसको अति भाग्यमानी, लगाउनु सबैले अति मूल्य जानी |७ |

टीका र संगै आशिषको बहार, भाग्य र भविष्यको ढोका उघार

परम्परा हो यो सबलाई मिष्ठ, सबै रमाउँदछन रिष्ट पुष्ट       |८ |

बसेर रम्छन हरपल घडीमा, बसेर खान्छन सब एक घरमा       |९ |

बडाहरुको उपदेश अर्ति उम्रिरहन्छन सब बुद्धि शक्ति           |१०|

पायिन्न यो चाड भुलेर फेर, अखण्ड बत्ति यसको बलेर           |११|

जलेर सारा दुख: पाप हानी, जन्मिरहंछन सुख शान्त ज्ञानी

तसर्थ दशैं मनाऔं, सब मुल जानी                         |१२ |




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *