जय घन्टी भन्दै ‘राता मकै’ले भने- रवि गुदी भएको नेता हो

डिसी नेपाल
१ मंसिर २०७९ २०:५६

काठमाडौं । कलाकार किरण केसीले चितवन पुगेर रवि लामिछानेको पक्षमा भोट मागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनको नारायणी तिरमा आयोजना गरेको चुनावी सभामा पुगेका केसीले रवि लामिछानेको प्रशंसा गर्दै रवि भिजन भएको नेता भएको बताएका थिए ।

आफुले अहिलेसम्म कुनैपनि नेताको चुनाविसभामा भोट नमागेको भन्दै उनले भने– ‘मैले धेरै परिवर्तन देखे पच्चायत देखे, बहुदल देखे, प्रजातन्त्र देखे, राजतन्त्र मासिएको देखे, अहिले गणतन्त्र देखिरहेको छु । र मैले मेरो जिवनमा एक जनालाई पनि भोट माग्न मन्चमा उभिएको थिएन ।’

साथै, उनले रवि पृथ्वीमा रहेका ७ अर्ब मान्छेमा आफुलाई मन पर्ने पाँचौं व्यक्ति भएको बताए । उनले नेपालकै इतिहासमा सबै भन्दा बढी भोट ल्याएर रविले जित्यो भन्ने सुन्न आतुर रहेको बताएका थिए ।

चुनावी सभामा कलाकार दिपाश्री निरौला, निर्मल शर्मा, किरण रमेश उप्रेती, आसिफ साह लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।

साझँको समयमा भएको चुनावी सभामा हजारौंको संख्यामा चितवनबासीको उपस्थीती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *