डडेल्धुरा अस्पतालबाट सागर ढकालले भने– काम थालिसके, ५ बर्ष कडा मेहनत गर्छु
काठमाडौं । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकालले आउने पाँच वर्षका लागि आफुले काम सुरु गरेको बताएका छन् ।
डडेल्धुराको केन्द्रिय अस्पतालमा पुगेर आज डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल गरेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
ढकालले निर्वाचनमा पहिलो नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा आफु संसद बाहिर प्रस्तुत हुने जनाएका छन् ।
उनले लेखेका छन्– ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु। संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २–३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।’
Facebook Comment