जीवाको देश देशावर-कहीं राजा बीरेन्द्र, कहीं तीन खुट्टे हात्ती भेटिए

डा. दुर्गा पोखरेल
२७ पुष २०७९ ८:०४
436
Shares

जीवा लामिछानेद्वारा लिखित देश देशावर नियात्रा संग्रह बडो ध्यानपूर्वक पढेँ, पन्ध्र सोह्रवटा देशका वीसबाइस वटा शहरहरुका बारेमा पढेर मजा लिनु एउटा कुरा रहेछ।

तर, ती पढेका विषयवस्तुलाई समीक्षात्मक रुपमा सिमाबद्ध गरी लेख्नु निकै चुनौतीपूर्ण रहेछ। मैले पढेका प्रायःजसो नियात्रा पुस्तकहरुमा एउटा वा दुईटा देशमा पुगी यात्रा टुङ्गिन्थ्यो।

जीवा त यसरी यात्रामा निस्किनुभएको छ कि उहाँको नियात्रा मात्र नभएर विश्वपरिक्रमा नै भन्दा हुन्छ। केही बर्षपछि जीवाजी चन्द्रलोकको पनि नियात्रा गर्ने पहिलो नेपाली हुने हो कि कसलाई थाहा?

जीवालाई पगाल्ने वा प्रभाव पार्ने विश्वका वीसवटा ठाउँमा केन्द्रित नियात्रा ती ठाउँका घटेका अघटनीय घटना वा आश्चार्यचकित घटना वा केही न केही विशेषता भएका रहस्य खोज्दै सुरु भएका छन्।

पहिलो ‘कंकाल सम्याएर उभिएको विकास’बाट लेख्न सुरु गरिएको छ एकदम नाटकीय ढंगमा, जुन यथार्थ पनि हो रुवान्डाको। किगाली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै गरेको हवाईजहाजमा रकेट प्रहार भई रुवाण्डा र बुरुन्डीका राष्ट्रपति मारिएको विवरण पढ्दा रौं ठाडा हुन्छन्।

बहुसंख्यक हुतु र अल्पसंख्यक तुत्सी जातिबीचको झगडाको परिणाम प्रष्ट्याइएको कहालीलाग्दो विवरण छ रुवाण्डाको। अतिवादको विपक्षमा रहेकी प्रधानमन्त्री अगाथा युतिङगिहमाना सेनाको गोलीको पहिलो सिकार हुन्छिन्।

दश लाख सर्वसाधारण मारिएकालाई हिटलरले यहुदीको संहार गरेकै झझल्को लाग्छ जीवालाई। दुई दशकको अन्तरालका रुवाण्डाको चमत्कारी विकास, दुरदर्शी नेतृत्व, राष्ट्रपति पल कगामेका कारण भएको रहेछ। विकास राम्रो भएकाले द्वन्द्वको घाउ निको भएको र जाति बिशेष संकेत गरेका नागरिकताको विरोध भएछ।

२०१८ को निर्वाचनमा ८० सिटमध्ये ५४ सिट महिलाले जितेछन्, विकासको मूल फुटेछ। नेपालले रुवाण्डाका जस्ता दुरदर्शी नेता पाउन सकेन। तर, त्यहाँ काम गर्ने नेपाली प्रत्यक्ष्यदर्शी हुनाले नेपालको विकासमा योगदान दिने हुन कि?

रुवाण्डापछि जीवाको यात्रा अर्को अफ्रिकी देश तान्जेनिया हुन्छ। १९६४ मा ट्याङगानिका र जञ्जेवार मिलाएर एक भै बनेको देशलाई जीवाका दृष्टिमा दोसाधमा लाग्दछ। गैरआवासीय नेपालीको सम्मेलनमा आफ्नो किताब समेत विमोचन गर्न गएका जीवालई तान्जेनियाले रुवाण्डाजस्तो प्रभाव पार्दैन।

म पनि एक बर्ष जञ्जेवारमा बसेकाले उहाँले भोगेका देखेका कठिनाइ मैले पनि भोगेको हो। धर्मका लागि झगडा नभएको लेखेको चाँही अलिक सहि होइन। जन्जेवारबाट सबै हिन्दुलाई १९६७-६८ मा निस्कासित गरेको हो। लामो बस्न जानेले आफ्नो धर्म कुन हो लेखाउनु पर्दथ्यो, म १९९० मा बस्दा।

पश्चिमी देशहरुको मात्र उपनिवेश नभएर ओमानले पनि जन्जेवारमा १९६३ सम्म शासन गर्‍याे। अफ्रिका देशका बलिया बांगा महिला पुरुष बटुलेर गोरा राष्ट्रका दाशदाशी बनाउन लाने व्यापारिक केन्द्र बागाभोया तटसम्म जीवा पुग्नुभएछ।

त्यहाँबाट भागेकालाई राख्ने प्रिजन टापु जेल टापु र त्यहाँ मरेपछि फाल्ने सर्प टापुका फेदमा म पनि पुगेकी थिएँ। प्राकुतिक सौन्दर्य सुन्दर भएर पनि के नमिलेर हो तान्जेनिया दोहोरयाएर जाउँजस्तो लागेन। सायद यो कर्मको फल होला।

नियात्रा वर्णनको तेस्रो देश पनि अफ्रिकी नै पर्दछ मोजाम्बिक। वर्तमानलाई निहालेर जीवाले मोजाम्बिकालाई चिनिया अर्थतन्त्रको उकेरा भनी उल्लेख गरेको पाइयो।

कम्युनिष्टको प्रभावक्षेत्र भए पनि नवआगन्तुकको भिसा लिन घुसबाट शुरु भएको देखिन्छ। पाँचसय बर्ष पोर्चुगलको उपनिवेश १९७५ मा मात्र स्वतन्त्र भएको रहेछ। नेपालीहरु पनि उच्च व्यवसायिकक पदमा रहेछन्।

इदीको आदेश नमान्ने आफ्नै मन्त्री, न्यायाधीश, पत्रकार, बुद्धिजिवी, डाक्टर जसको पनि हत्या गराइदिन्थे। ६ वटी श्रीमती र ४३ जना वैध सन्तान भएका इदीले एकपल्ट एउटीको दुवै खुटुटा तिघ्रादेखि काटेर देब्रेलाई दाहिने दाहिनेलाई देब्रेतिर जोडेको सन्दर्भ जीवाको नियात्रामा भने आएन।

मोजाम्बिकको क्रान्तिकारी भावना बुझेर होला चीनले यहाँ यातायात, उर्जा, पर्यटन, खानी, प्रविधि, रियल स्टेट र व्यवसायिक कृषिमा धेरै लगानी गरेको छ। चिनियाँ सहयोगको फलस्वरुप यो राष्ट्र उभो लाग्ने क्रममा छ। स्वतन्त्रता सेनानी समोरा मिसेल राष्ट्रपति भए।

बन्दुककै भरमा स्वतन्त्र भएकाले राष्ट्रिय झण्डामा समेत एके फोर्टी सेभेन राइफल राखिएको छ। एक दशकपछि राष्ट्रपति चढेको जहाज सायद दुर्घटना गराइएकोलाई मदन भण्डारीको हत्यासँग तुलना गर्न खोजे पनि रहस्यको गर्भमा मात्र लेख्नुहुन्छ जीवा। प्रथम राष्ट्रपति मिसेलका शालिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जस्तो भनी वर्णन गरेको रमाइलो छ।

नियात्रा लेखनको चौथो गन्तव्य पनि अफ्रिकी देश नै हुन्छ-‘युगाण्डा’–बिर्सन खोजेको इतिहास। सुन्दर देशका क्रुर दुष्ट शासक इदी अमिनको अत्याचार कहालीलाग्दो भै तर्साउँछ। असी हजार विदेशी मुलका युगाण्डनहरु भागाभाग गरेर रित्तो हात देश छोड्न बाध्य पारिएको थियो।

इदीको आदेश नमान्ने आफ्नै मन्त्री, न्यायाधीश, पत्रकार, बुद्धिजिवी, डाक्टर जसको पनि हत्या गराइदिन्थे। ६ वटी श्रीमती र ४३ जना वैध सन्तान भएका इदीले एकपल्ट एउटीको दुवै खुटुटा तिघ्रादेखि काटेर देब्रेलाई दाहिने दाहिनेलाई देब्रेतिर जोडेको सन्दर्भ जीवाको नियात्रामा भने आएन।

क्रुर शासकको पतनपछि युगाण्डाबाट भागेका र अरु नयाँ विदेशीसमेत त्यहाँ व्यावसाय गर्न पुग्दछन्। नयाँ विदेशीमा निकै नेपाली पुग्दछन्। जीवाका साथीको सञ्जाल निकै गहकिलो रहेछ।

संसारको सबैभन्दा लामो नदी नाइलको उद्गम स्थान पुगी भिक्टोरियालाई रारा तालसँग तुलना गरिएको छ। २००२ मा म पनि युगाण्डा जाँदा युरोप जतिकै लागेको थियो।

चार अफ्रिकी देशपछि जीवा रहस्यमयी द्वीपको रोमान्चक यात्रामा निस्कनुहुन्छ। अमेरिकाको फ्लोरिडा राज्यको फोर्ट लाउडरडेलबाट संसारकै सबभन्दा ठूलो सात हजार यात्रु बोक्ने पानीजहाज हार्मेनी अफ दी सीज चढ्दा उहाँलाई आफ्नो नेपाली गाउँ पदमपुरको स्मरण हुन्छ।

कत्रो ठूलो जहाज आफ्नो गाउँ नै अट्ने? जहाजभित्र गल्फ खेल्ने, सर्कस, सिनेमा, नृत्य हल, पौडी खेल्ने पोखरी, रेष्टुँराहरु सबैको वर्णन रोचक छ। डरलाग्दो भनेको वर्मुडा ट्र्याङगलमा पुग्दा आङ जिरिङ्ग हुनेरहेछ ।

त्यो ठाउँमा चुम्बकीय शक्ति छ भन्ने संकेत छ। धेरै पानीजहाजमात्र नभएर हवाजहाज समेत पानीमुनि डुबेका समाचार सार्वजनिक छन्। पहिले सेन्ट मार्टिन टापु र अन्य ससाना टापु सबैलाई एकमुस्ट क्यारेवियन द्वीपलाई प्रकृतिको सौन्दर्य वर्णनमा जीवा भावुक भएर बहकिएजस्तो लाग्छ। ठूला शक्तिशाली पश्चिमा देशहरुले वाँडफाँड गरेका यी द्वीप एक्काइसौँ शताब्दिको राजनैतिक अतिक्रमणको धब्बा जस्तो लाग्यो मलाई।

‘क्रोएसियाः सौन्दर्यको जादु’ वर्णन गर्नु पहिला फुटबलका कप्तान लुका मेडरिचको स्मरणमा डेढ पेज खर्चिएको रहेछ। क्रोएसियाकी राष्ट्रपतिले अंगालो हाली लुकालाई बधाई दिइछन्।

सायद जीवाका युवा छोरा फुटबल सौखिन होलान्। बाटामा पर्ने अष्ट्रियाको साल्जवर्ग र स्लेभेनियाको राजधानी ल्युब्लियानाको पनि संक्षिप्त बर्णन गर्दै दोस्रो दिन क्रोएसिया पुगिँदो रहेछ।

राजधानी जाग्रेवभन्दा अन्य स्थानहरु बढी रमणीय भएको तथ्य यो किताबमा पढ्दै गर्दा मेरा नवविवाहित छोराबुहारीले हनिमुन जाँदा वयान गर्दै फोटा पठाएका थिए। ती फोटा हेर्दा जीवाले वर्णन गरेभन्दा सुन्दर लागेको छ।

यस्तो सुन्दा ठाउँका धर्मका नाउँका चर्चको आदेशमा हजारौँ युवाले सहादत दिएको घटनाले मलाई मुुलमान आक्रमणका बेला धेरै महिलाले भारतमा अग्निकुण्डमा सहादत गरेको स्मरण भई नमिठो लागिरह्यो।

तापनि क्रोएसियाको भौगोलिक सुन्दरता, ऐतिहासिक कला, पुरातात्विक महत्वका विश्व सम्पदामा परेका शहर, वास्तुकला, सांघुरा गल्ली, राता घरको बर्णन अवर्णनीय छ। बर्षेनि अनगिन्ती पर्यटक पुग्दा रहेछन्। जोसेफ ब्रोज टिटोको उल्लेखले मलाई पनि क्रोएसियासंग नजिक पुर्‍यायो।

इतिहासकी विद्यार्थी र विपी कोइरालाकी राजनीतिक चेली हुनाले टिटोको गुरिल्ला युद्धले सोभियत प्रभुत्वबाट युगोस्लाभियालाई स्वतन्त्र राखेको हो भन्ने बुझेकी छु। विपीले पनि हामीलाई सशस्त्र क्रान्तिका आठबर्ष अवधिमा गुरिल्ला युद्धको तालिम गराएको हो।

१९८० मा टिटोको निधनपछि एकदशक नवित्तै युगोस्लाभिया सातवटा राज्यमा टुक्रिएपछि क्रोएसियाको जन्म भएको हो। विपी वितेको दुई दशकपछि नेपालबाट राजतन्त्र पाखा लागेको छ।

आइसल्यान्डः मुन्तिर आगो मास्तिर हिउँ, शीर्षकले धेरै थोक प्रष्ट पार्दछ। हिउको देश नेपालीमा भन्नुपर्दा त्यो पनि जाडोको मुखमा कति जाडो होला। मलाई शुरुमै अचम्म लाग्यो राजधानी रिक्याभिकको होटलले पाहुनालाई सजिलोका लागि सिम कार्डसहितको सितैमा फोन उपलब्ध गराउने व्यवस्था।

थिङमेलिर राष्ट्रिय निकुञ्ज नाङ्गे उजाड डाँडा श्रृंखलाको वर्णन मलाई हाम्रै माथिल्लो मुस्ताङको जस्तो लाग्यो। त्यहाँका तातोपानी कुण्डजस्तो मुस्ताङबाट फर्कने बाटामा छन्। मैले पनि डुबुल्की मारेकी छु ।

फरक के भने हाम्रा पर्यटन ब्यवसायीहरुले नेपालका अनकन्टार रमणीय स्थानमा पर्यटन प्रवर्धन गर्न सकेका छैनन्। न त सरकारले नै चासो राखेको देखिन्छ। सानो जनसंख्या भएको देशमा कुनै खाले सेना नभएको र प्रहरी भए पनि हतियारविनाका रहेछन्।

बरु केही जनतासंग राइफल र सटगन छन् रे। लामखुट्टे पनि नभएको देश रहेछ। तर हरेक चारबर्षमा ज्वालामुखी विस्फोट हुने भएर मुन्तिर आगो भनिएको रहेछ। १९८९ सम्म वियर निषेधित हुनाले कोकाकोला पिउनेमा पहिलो देश रहेछ। यहाँका मानिसको परम्परागत थर हुँदो रहेनछ।

व्यक्तिको नामपछिको नाम थर नभएर बाबुको नाम रे। युरोपियन युनियनमा परे पनि एकल मुद्रा नभएर आफ्नै क्रोना चल्तीमा रहेछ। आफ्नो उत्पादन योग्य जमिन नहुनाले खाद्य सामग्री महँगो रहेछ। साढे ११ बजे सूर्योदय र चार नबज्दै सूर्यास्त हुन्छ।

कनेक्टिङ्ग पिपुलः मन जोड्ने नारा नोकिया मोवाइलको जन्मदाता देश फिनल्याण्डबारे रहेछ। रुस र फिनल्याण्डको पुरानो सांस्कृतिक सम्बन्ध वर्तमानमा मोवाइलसँग जोडिएको लाई मन जोड्ने भनेको होला। नोकिया मोवायल रुसमा खुब चल्तीमा थियो।

रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको सदासयताका कारण स्वतन्त्र भएको फिनल्याण्ड रुसी वा रुसमा बस्ने अन्य देशका व्यक्तिहरुका लागि पनि गन्तब्य विन्दु रहेछ। नोकियाले झन् निम्त्याएको देखिन्छ। जीवाहरुको व्यापार व्यवसायमा रुस र फिनल्याण्डको ठूलो प्रभाव रहेछ।

युरोपको सातौं ठूलो देश फिनल्याण्डको कुल भूभागमा सत्तरी प्रतिशत जंगल रहेछ। अठार बर्ष पुगेका सबैले न्यूनतम तलब पाउने व्यबस्था रहेछ। घरविहीनलाई घर र थप सामाजिक सुरक्षा राम्रो हुनाले होला सरकारका निर्णयलाई सजिलै शिरोपर गर्ने शायद यहीमात्र देश होला।

शरणार्थीलाई पनि सुब्यवस्था गर्नेमा फिनल्याण्ड पर्छ। नेपालीमात्रै दुई हजार बढी भएको आंकलन गरिएको छ। नेपाली बच्चाहरु पढाउने नेपाली शिक्षिका पनि रहिछन्। हिंसात्मक घटना कम घटे पनि मादकपदार्थ सेवन अत्याधिक हुनाले आत्महत्या धेरै हुँदो रहेछ।

भोड्का खान रुसलाई पनि माथ गर्दो रहेछ। जाडो धेरै हुनाले प्रत्येक घरमा साउना न्यानो कोठा हुँदो रहेछ। श्रीमति बोकेर दौडी पहिलो हुनेले श्रीमतिको तौल बराबर वियर उपहार पाउने रे।

त्यहाँ दूध र कफी पनि धेरै पिउने रहेछन्। सातबर्षभित्र बालवालिका स्कूल जाने भए पनि साक्षरता सत प्रतिशत छ। शिक्षा निशुल्क छ र चारजनाभन्दा बढी भए मातृभाषामा सिकाइने रहेछ।

इतिहासकी विद्यार्थी र विपी कोइरालाकी राजनीतिक चेली हुनाले टिटोको गुरिल्ला युद्धले सोभियत प्रभुत्वबाट युगोस्लाभियालाई स्वतन्त्र राखेको हो भन्ने बुझेकी छु। विपीले पनि हामीलाई सशस्त्र क्रान्तिका आठबर्ष अवधिमा गुरिल्ला युद्धको तालिम गराएको हो।

जीवाको नवौं गन्तब्य अमेरिकाको लस भेगस-मनोरन्जनको राजधानी हुन्छ। नेभाडा राज्यको आणविक हतियार परिक्षण गर्ने क्षेत्र आज मनोनन्जनको अन्तराष्टिय राजधानी बनेको रोचक यथार्थ बर्णन गरिएको छ। उहाँको यो यात्रामा पनि गैरआवासीय नेपाली संस्थासंगै जोडिएको छ।

जीवाले संक्षेपमा व्याख्या गरेको पाएँ। लसभेगसको चमक धमकभित्र नाचगान, खानपिन, रहनसहन, ऐयासी र मदहोसी छटा सबैको अद्भूत ककटेल रहेछ। यो रंगीन शहरको मादकतामा हराउने एउटै शर्त हो यथेष्ट पैसा खर्च गर्ने तागत। पर्यटकले पैसा खर्च भएको पत्तै नपाउनु सायद यो शहरको चातुर्याइयुक्त चरित्र होला।

हवाइजहाजदेखि नै क्यासिनो सन्चालित र अनगिन्ती होटल रेष्टुरांमा पसल थापिएका मनोरन्जनमा ग्राहकलाई लोभ्याउने अनेक सजधजसहित उभिएकाभन्दा त यो शहर पुरुषका लागिमात्र हो त भन्ने प्रश्न उब्ज्यो नि त? त्यसैले जुवा खेल्दा खेल्दै टाट पल्टेकाको प्रसंग पनि पुरुषकै होलान् भन्नेमात्र नभई विवाह गर्न जाने जोडीको रोमाञ्चित थलो पनि लसभेगस रहेछ।

मेरा महिला साथीहरु कहिलेकाहीं मलाई जाऊँ भनेर उक्साउँछन्। तर म अझै गएकी छुइन। तर, हुभर बाँध हेर्न भए पनि जाने इच्छा छ।

एउटा विभाजित शहरको प्रस्तुति पुस्तकमा सारै सुन्दर लाग्यो। काठमाडौं शहर घुम्दै हनुमानढोका नजिक पुगेको कुनै पर्यटकलाई कसैले तलेजु मन्दिर र दिब्यघण्टतिर देखाएर उता नजाऊ त्यो अर्कै देशको भन्दा उसलाई कस्तो लाग्ला? सर्वसाधारणले बुझ्ने गरी उदाहरण पस्किएर विभाजित देश साइप्रसको यात्रामा निस्कनु भएको छ जीवा।

शासकहरु आफ्नो महत्वाकांक्ष पूरा गर्न सहरलाई बीचमा चिरेर सीमाना कोरिदिन्छन्। पढ्दा मलाई यक्ष मल्लले भक्तपुर छोरा र बनेपा छोरीलाई दिएर टुक्र्याएजस्तो घटनाको स्मरण भयो।

नेपालजस्तै साइप्रसको भूगोल पनि रणनीतिकरुपमा महत्वपूर्ण हुनाले जिसस जन्मनुभन्दा ३३३ वर्ष अगाडिदेखि नै विदेशी आक्रमणको शिकार बनेको साइप्रसको पहिलो विजेता सिकन्दर बनेका थिए।

उनको मृत्युपछि केही समय स्वतन्त्र रह्यो। तापनि ग्रीक सभ्यताले प्रभाव जमाउन थाल्दा मुस्लिम पनि पसे, टर्किस पनि घुसे। तर १८७८ मा बेलायतले लियो। सबै जाति मिलेर लडी १९६० मा स्वतन्त्र भयो तर त्यो दिगो भएन।

टर्कीले उकासेर फेरि १९७४ मा साइप्रस टुक्रियो। फलत चिहानघारी पनि पर्यटकका लागि दृश्याबलोकनको पाटो बनेको छ। कतिले अकालमै ज्यान गुमाएका होलान्। साँढे जुध्दा बाछा मरेझैं। सुन्दर देशको सबभन्दा राम्रो वाइन रे ‘कमाण्डेरिया’।

यो विशेष प्रकारको अंगुरबाट बन्छ रे। राष्टिय जनावर लजालु भेडा रहेछ प्राय लुकेर बस्ने। प्रेमकी देवी आफ्नो डाइटी पहाडमा देवताहरुसंग बस्तछिन् भन्ने जनविश्वास नेपालकै शिव पार्वती, हिमालयमा बस्ने जनविश्वासजस्तै रहेछ। हावर्डमा पढ्दा एक साइप्रसी साथी थिए। उनको नाम र थर एउटै थियो। उनीबाट पनि साइप्रसबारे सुनेको थिएँ।

त्यो तीन खुट्टे हात्ती – शीर्षकले पाठकलाई श्रीलंकाको पुरानो राजधानी क्यान्डीबाट आजको राजधानी कोसोम्बोसम्म पुर्‍याउँछ। जीवाको कल्पनामा डुबी मन्थन गरी निकालिएको बिषय र पथप्रदर्शकको भनाइबाट विदेशीले शासन गरिरहँदाको सिलोन स्वतन्त्र भएपछि श्रीलंका पुरानै नाम कायम भएको रोचक तरिकाले बर्णन गरिएको छ।

जीवाकी आमाले जस्तै मेरी आमाले पनि भन्नुहुन्थ्यो- लंकामा सुन छ कान मेरो बुच्चै। त्रेतायुगका राम, सीता, रावण र हनुमानसँग जोडिएको यो सुन्दर टापू हुनाले प्राय नेपालीले यसको नाम सुनेको छ। त्यहाँको उत्पादन मसला, कफी, दालचिनी चिया संसार प्रसिद्ध रहेछन्।

बाहिरी युद्धबाट पिडित श्रीलंका आन्तरिक गृहयुद्धमा समेत धेरै रह्यो। धेरैले ज्यान गुमाए। द्वन्द्वको मारबाट हात्तीले पनि एउटा खुट्टा गुमाउनु परेको मार्मिक घटनाको शीर्षक मलाई मन पर्‍याे। जीवाले श्रीलंकाको बारे लेख्याबेला त्यहां आजकोे आर्थिक डामाडोलको संकेत थिएन सायद।

श्रीलंकाको जातीय द्वन्दबाट बिक्षिप्त जीवा क्यानडा पुगी अनेकतामा एकता पहिल्याउँछन्। क्यानडा कम गुरुत्वाकर्षण भएको पृथ्वीको भाग भन्ने जीवाको किताब पढेर मात्र थाहा पाएँ। क्यानडाको टोरेन्टो, अमेरिकाको न्युयोर्क, भारतको बम्बाई, जर्मनीको फ्याक्फार्ट राजधानी नभए पनि महत्वपूर्ण र आर्थिक गतिविधि बढी भएका शहर रहेछन्।

ठूलो भूगोल र थोरै जनसंख्या क्यानडाको विशेषता रहेछ। सबै जाति, धर्म, वर्ग र क्षेत्रका मानिसलाई ब्यबस्थित गर्न सरकारले परिवार बालबालिका तथा सामाजिक विकास मन्त्रालय श्रृजना गरेको रहेछ। संसारको पिउने पानीको २० प्रतिशत क्यानडामा रहेछ।

स्वर्गीय राजा वीरेन्द्र बियर हातमा लिएर मुस्कुराएको फोटोको पर्चामा वीरेन्द्र वियरको प्रसस्तीमात्र नभएर नेपाली टिम्मुरको पनि प्रचार भएको रहेछ। एकपछि अर्काे बारमा जीवा वीरेन्द्र वियर खोज्दै जाँदा त्यसका निर्माताबारे पत्ता लगाउन सफल हुनु भयो।

जलश्रोतजको धनी देशको शिक्षा पनि उच्चै छ। ओन्टारियोको तालको बर्णन राजा महेन्द्रले रारालाई अप्सरा भनेजतिकै सुन्दर भएपनि राराभन्दा धेरै ठुलो रहेछ। क्यानडाको बर्णनसंगै कुनै न कुनै क्षेत्रमा नाम कमाएका व्यक्तिको सन्दर्भ जोडेर चाखलाग्दो बनाएको छ।

कृतिम खुट्टाले पनि क्यानडा वरपर गरेका धावक टेरी फक्सको सन्दर्भ मार्मिक भएर पनि प्रेरणादायी छ। राजधानी ओटावा स्थित संसद भवनको नाम शान्ति भवन रहेको र पर्यटकलाई घुमाउन र इतिहास बुझाउन गाइडको व्यवस्था गरेको रहेछ।

वन्डरल्याण्ड र नाइग्रा फलको बर्णन त पढेर मात्र होइन आफै पुगेर हेर्दा मात्र धित मर्ने मेरो मेरो आफ्नो अनुभव छ। आँखाले हेरेर नसकिने क्यानडाको सौन्दर्य जिवालाई लाग्छ एक दशकपछि यो देश संसारकै अनेक जाति, भाषा र संस्कृति मिश्रीत बिछट्टको फुलबारी बन्ने छ अर्थात् यो अनेकतामा एकताको जीवन्त नमुना बन्नेछ।

अनेकतामा एकताको सुन्दर फुलबारी क्यानडापछि जीवाको यात्रा एकतन्त्रीय हैकमबादी कम्युनिष्ट चीनः जदुयी विकासको झिलिमिलीमा रम्न पुग्छ। जीवा लेख्नु हुन्छ, ‘चीन जाँदा मलाई अर्कै लोकमा पुगेझैँ लाग्छ, अघिल्लो दिन देखिएका संरचना पलभरमा हराउँछन् र त्यो ठाउँमा अर्कै संरचना निर्माण भइसक्छ।’

चीनको अपूर्व बिकासको मात्र बर्णन गरी तिअननमेन चोकको मानव संहार उल्लेख नगरेको भए अन्याय हुन्थ्यो। कम्युनिष्ट एकतन्त्रीय शासनको बिशेषता नै प्रजातान्त्रिक छटालाई घाटी निमोठ्नु रहेको हुन्छ। त्यसो त विदेशीले चीनलाई तरबुजा जस्तै कमलो ठानी चिराचिरा काटेका बेला माओंत्सेतुङको उदयले चीन जोगियो।

उनलाई समय सन्दर्भले कठोर हुनुपरेको होला। चाहे माओको अनुदारवाद वा देङसाओको उदारबाद एकतान्त्रीयबादले अश्चर्यजनक विकास चाहिँ गरेको रहेछ। हसिँया हथौडामा बेरिएर माओको लाश रुसी बाम लेलिनसँग तुलनायोग्य रहेछ। सायद यो बामको लाशमाथिको राजनीति होला।

स्टालिनले रुसमा निर्माण गरेको सेभेन सिष्टर नामक संरचना उनले नै चीनलाई पनि निर्माण गरिदिएको रे भन्दा आश्चर्य लागेन। सेतो गुम्बाको चर्चा ब्यबस्थित बेइजिङ बनेको बर्णन सुन्दा र सातौं आश्चर्य पर्ने ग्रेटवालको बर्णनले चीन कम्युनिष्ट देश भए पनि एकपल्ट जाउँ जस्तो लाग्यो।

ग्वान्जाऊ शहर नेपाल भित्रिने सामानको गन्तब्य बिन्दु रहेछ। हङकङजस्तो बनाई गरिएको सेन्जेन सहरको बर्णनबाट बुझिन्छ सायद चीनलाई लागेको थियो त्यत्तिैकै बेलायतले हंगकंग शहर फिर्ता दिँदैन। चीनको जादुमयी विकास लेख्दा मलाई कहाँबाट थाल्ने र कहाँ टुंग्याउने द्विविधाले अत्यायो।

जीवाको चौथो यात्रा चीनअधिनस्त हङकङ हुन्छ। १९९७ भर्सेस २०१३ शीर्षकले छनक दिन्छ १६ बर्षको अन्तरालमा हङकङको अवस्था। १९९७ मा बेलायतको अधिनस्थ हुँदा नेपालीलाई एरपोर्टमै भिषा दिने व्यवस्था र २०१३ मा पहिले नै लिएको हुनुपर्नेदेखि पहिलो यात्रा हनिमुनको रुपमा गएकाले फरक प्रष्ट परेको छ। पहिलो प्रेमिल भाबयुक्त आनन्दमय र दोस्रो ब्यवसायिक हतारो र दौडधुपले भरिपूर्ण यात्रा।

हङकको ऐतिहासिक पृष्ठभूमिमा चीन र बेलायतको युद्ध, गोर्खा सैनिकको उपस्थिति, बसोबासको उल्लेख र रमाइला स्थानहरुको बर्णन छ। यो पढेपछि मलाई लागेको छ जीवाको अर्कै किताव प्रेम उपन्यास होला।

हङकङजस्तै पटकपटक यात्रा गरेको पन्ध्रौ देश जर्मनी पर्दछ। यात्रा र परिस्थिति तुलनात्मक छन्। ‘मिक्टर गोर्भाचोभ टियर डाउन दिस वाल’ पूर्वी र पश्चिम जर्मनी छुट्याउने ५५ किमि लामो १३ फिट अग्लो बनाई दिएको पर्खाल भत्काई देऊ भनेर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जर्मनी भ्रमणका बेला उदारबादी रुसी राष्ट्रपति भिखाइल गोर्भाचोभलाई सार्वजनिक अपिल गरेका थिए।

२८ वर्ष त्यो पर्खालले दुई जर्मनी छुट्याईदिएको थियो। दोस्रो बिश्व युद्धका बेला हिटलरले हजारौंलाई यातना जेलमा हाले, अंगभंग र हत्या गरेका थिए। हिटलरको तानाशाही शासनकालमा निर्मित बुखेन आल्ड बन्दी गृह पुग्दा अझै चित्कार प्रतिध्वनी भएको भान हुने रहेछ। रुसमा पढ्ने नेपालीका लागि जर्मनी पनि पानी पधेरो रहेछ।

जीबाको सोह्रौ गन्तब्य छ साहित्यको तिर्थ यास्नाया पोल्याना रुसकै यो ठाउँ साहित्यकार लियो टोस्टोयको मौजा, अन्तिमसम्म त्यही बसेका र उनको मृत्युपछि ठुलो संग्राहलय बनेको हुनाले जिबाले साहित्यको तिर्थकै नाम राखिदिनु भयो , रुसी साहित्यको होला। लियोले धेरै किताब लेखेका छन्। मैले पनि युद्ध र शान्तिसम्म पढेकी छु। तर यास्नाया पोल्याना मेरो चाहिं तिर्थ होइन।

बेलायतमा विलियम सेक्सपियरको घर पुग्दा मलाई लक्ष्मीप्रसाद देबकोटाको घर पुगे जत्तिको भावनात्मक तरङ्ग भएन। पढ्न त मैले दुवैका निकै कृतिहरु पढेकी छु। साहित्य भनेको देश, समय र परिस्थिति सपेक्ष सर्जक अभिव्यक्ति हो।

कोसँग कसको घनिष्ठ रहन्छ त्यो त्यो ब्यक्तिगत अनुभूति होला सायद। जीवाले लियोको बारे लेखेको असाध्यै राम्रो छ। १८ वर्ष कटी बिबाह गरेको उल्लेखले त्यति बेलाको अनमेल बिबाहको प्रचलन बुझाउँछ।

अहले प्राय सबै देशका १६ वर्षको केटा र केटी नाबालक ठहर्दछन्। तथाकथित साम्यवादीका जिउँदा लास हेर्दा हेर्दा दिक्क लागेका बेला भ्लादमिर लेलिनको शव हेर्ने इच्छा पनि छैन। त्यसमा पनि हिन्दु संस्कारमा लास जलाउने प्रथा हुनाले मलाई मरेका शव च्याँखे थापी पैसा कमाउने प्रथा नै मन पर्दैन। सो सरी जीवा!!

‘कुँदिएको हिराः नकुँदिएको हिरा’ले पनि स्थान बिशेष नै बुझाउला भन्ने सोचेकी थिइन। रुसी महासंघको बाइसमध्यको एक गणराज्य तागेस्थान कुँदिएको हिरा र नेपाल नकुँदिएको हिराको सुन्दर तुलना यो पुस्तकमा गरिएको छ।

जहाँ पुगे पनि नेपालको सन्दर्भ जोड्ने जिबाको लेखनमा तागेस्थान र नेपालको त हिमाली श्रृंखला, हावा पानी मात्र नभई जातीय विविधता र मानिसका अनुहार पनि मिल्न रहेछ।

नेपालीजस्तै लडाकु रे भनेपछि लेखकका मनमा सही प्रश्न उब्जन्छ- के पहाड र साहस एकअर्काका पुरक हुन्? खालि भाषा नमिल्ने रहेछ। नेपाल जस्तै कृषि, पशुपालन जलविद्युतको अपार सम्भावना भएको तागिस्तानका बाबु छोरा नेपाल आवत जावत गरी दुईटा किताब प्रकाशित गरेका रहेछन्।

इभर्सन इन द हिमालय र हिमालय एट्र्याक्सन। त्यस्तै महकवि रसुलले पनि सत्तरीका दशकमा नेपालबारे जीवन चक्र र जीवित देवी कुमारीबारे लेखेका किताब प्रकाश श्रेष्ठले नेपालीमा अनुवाद गरेका रहेछन्।

जीवाको यो यात्रा पनि व्यापारसम्बन्धि नै रहेको र व्यापार सत्र राष्ट्रपतिबाट उद्घाटन भएको थियो। भन्नाले निकै महत्वपूर्ण रहेछ । बीरेन्द्र बियरसंग सम्बद गर्न जीवाले पाठकलाई केही युरोपियन देशको वियर मोहको बर्णन गर्दै स्विजरल्याण्ड पुर्‍याउनु हुन्छ। स्वर्गीय राजा वीरेन्द्र बियर हातमा लिएर मुस्कुराएको फोटोको पर्चामा वीरेन्द्र वियरको प्रसस्तीमात्र नभएर नेपाली टिम्मुरको पनि प्रचार भएको रहेछ।

एकपछि अर्काे बारमा जीवा वीरेन्द्र वियर खोज्दै जाँदा त्यसका निर्माताबारे पत्ता लगाउन सफल हुनु भयो। अद्रियान बेबरको टुर्बिनेन ब्यू्र कम्पनीले उत्पादन गरेको सिजनल वियर रहेछ। जीवालाई एक कार्टुन सित्तैमा मिल्यो। पछि नेपालस्थित स्वीस दूतावासले पत्राचार गरी वीरेन्द्र वियर बन्द भएछ।

जीवा नियात्राको उन्नाईसौ श्रृंखला पनि पेय पदार्थ बियरमा जर्मनको लगावबारे छ। म्यूनिखमा बियरको खोलो सन १८१० जर्मनका युवराज लुडमिग प्रथमले आफ्नो विबाहको अवसरमा जनताको मनोरन्जन लागि सुरु गरिएको मेला कालान्तरमा ‘अक्टोबर फेष्ट’ नाममा आज पनि बियर मेला हुँदोरहेछ।

बियर र पैसाको खोलो उतिकै बग्दो रहेछ। देशै देशका धेरै आगन्तुकमा जीवा पनि पर्नु भएछ। बच्चा, जवान र बुढा सबैका लागि रमाइलो हुने मेलामा बयस्कहरु मातेर लडेका पनि देखिँदा रहेछन्। हाम्रो धनकुटाको बिहीबारे हाटमा रक्सी खाएर ढल्नेहरु मैले पनि देखेको हो।

जर्मनीको बियर मेलामा साठी लाख मानिस पुग्नु भनेको त भारतको कुम्भ मेलामा भन्दा ठुलो रहेछ क्यारे। चन्द्रशमशेरले बेलायतबाट फर्केर आएपछि, काठमाडौँ टुडिखेलमा जनतालाई भोज ख्वाएको पनि जिबाले जोडेकोमा खुसी लाग्यो।

तर हाम्रा नेपाली सत्ताधारीका बाँदरे प्रबृतिले गर्दा केही पनि संस्थागत हुन पाउँदैन। हाम्रा संस्कार संस्कृति खुम्चिदै पारिवारिक बिबाह ब्रतबन्ध भेटघाटमा सिमित हुन पुगेका छन्।

जर्मनीमा कुँदिएको ‘नेपाल-हिमालय मण्डप’ जीवाको देश देशावर नियात्रा पुस्तकको बिसौं आर्थात् अन्तिम गन्तब्य रहेको छ। ‘बर्णन गर्ने शब्द छैनन्’ लेखे पनि सार्है सुन्दर तरिकाले वर्णन गर्नुभएको छ।

असी बर्षीय जर्मन उद्यमी हरिबेर्ट बिर्थले आफ्नो निजी श्रोत साधनमा रेगेनवर्ग शहरको नजिक भिसेन्ट भन्ने गाउँमा १८० रोपनी जग्गामा सानो नेपाल निर्माण गरेका रहेछन्।

तथाकथित साम्यवादीका जिउँदा लास हेर्दा हेर्दा दिक्क लागेका बेला भ्लादमिर लेलिनको शव हेर्ने इच्छा पनि छैन। त्यसमा पनि हिन्दु संस्कारमा लास जलाउने प्रथा हुनाले मलाई मरेका शव च्याँखे थापी पैसा कमाउने प्रथा नै मन पर्दैन। सो सरी जीवा!!

नेपाल चिनाउने लिच्छवीकालीन मन्दिर, मल्लकालीन धारा, राणाकालीन चित्र तथा काष्ठ कला, मूर्तिकला, नेपालका जरिबुटी, रुख बिरुवा, ढुंगेधारा पोखरी माटाका भाँडा परम्परागत नेवारी घर, घोडा आदि इतिहास सबै रहेका छन्।

हरिबेर्टसँग जीवाले भेट गरेको बर्णन पुस्तकमा छ। यी सुक्ष्म सामग्री र बनावट हेर्न जर्मन जाने मन बनाएकी छु। हरिबेर्टले धुलिखेल अस्पताल र फर्पिङको स्कुललाई सहयोग गरेको मलाई थाहा थियो। अझ पनि ससाना प्रोजेक्टमार्फत नेपाललाई सहयोग पुर्याएका हरिबेर्टलाई धन्यवाद।

जीवाको देश देशावरले मलाई चकित परेको के छ भने जुन देश ठाउँ सहर पुग्यो त्यसको जे छनक आफ्नो परिवेश गाउँ देशसँग मिल्छ वा मिल्दैन त्यसलाई सन्दर्भमा ल्याउने कला।

त्यस्तै आफ्नो परिवार याने श्रीमती विन्दिता र छोराद्वय अनुराग र अनुकृतलाई सकेसम्म शारीरिक रुपमै आफूसँग हिडाउने र नसकेका अवस्थामा उनीहरूलाई समेत समेटेर घोत्लने। देशदेशावर पढ्नै पर्ने किताबको पंत्तिमा राखें मैले। जीवालाई अरु लेख्ने हौसला जागोस्। लेखन सार्है राम्रो र चखिलो अचार खाए जतिकै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *