जुम्ला धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु

डिसी नेपाल
१४ माघ २०७९ १२:४८

जुम्ला। जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ ।

लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो। विहिबार विहानै देखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँसफा सँगै हवाईसेवा सुचारु भएको हो।

उनका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन्। विहीबार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन्।

त्यस्तै धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो।

नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए।

तिन दिन देखी हिउँ परेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *