कविता : मैले लुकाएको अनुहार

दिनेश घिमिरे
२५ चैत २०७९ ८:२३
184
Shares

बिहानै देखिने नजिकको मान्छे
मेरो भोगाइको दुश्मन जस्तै हो
अनेकन बिरूद्ध युद्धहरू छन्
मेरो संहितामा सदैव बिरूद्ध छ
तापनि भेटमा म फिस्स हाँसिदिन्छु
भित्री बिरूद्धभावहरू लुकाइदिन्छु

सबै सोच्छन् कि उसका बिचारहरु
राम्रा छन् अनि सोचहरू राम्रा छन् मलाई उस्का कृयाहरू ठिक लाग्दैन
मलाई उसका बिचारहरु अनेकन
स्वार्थपनले गन्हाएको झैं लाग्छ
र पनि भेटमा फिस्स हासिदिन्छु।

मन मनै उसँग यति धेरै लडाइँ गर्छु
परिणाम मेरै विषयमात्र लगाउँछु
उसका बिरूद्धमा धेरै गाली बोल्छु
आफूले आफैलाई बिजेता बनाउँछु
मेरा आँखामा बिरूद्ध भाबहरू बुन्दै
दैनिक भेटमा म फिस्स हाँसिदिन्छु

बजारका पसलेहरू ठगहरू जस्तै लाग्छ
मलाई लाग्छ उनीहरु हरेक दिन ठगिरहेछन्
आफू ठगिएकोमा बिकल्प दैखिँदैन
मन मनै लाग्छ क्रान्ति छेडिदियौं
तर हरेक भेटमा फिस्स हाँसिदिन्छु।

हरेक आफ्नाहरू काकाकुल देख्छु
आशा अनि स्वार्थका लेपनमा मस्त
म आफ्नााहरूका बिरूद्धमा पनि
भए नभएका कहानिहरू बनाउँछु
बकिल पनि म अदालत पनि म
आफैं भित्र बहस हुन्छ पक्ष बिपक्षमा
अनि फैसलाहरू बिरूद्धमा गरिदिन्छु
र पनि भेटमा फिस्स हाँसिदिन्छु।

कसलाई आफ्नो भन्नै कसरी अपनाउने
कोही आफ्नो अनुकुलतामा छैनन्
कसैमा राग देख्छु कोहीमा दागहरू
रोगी र कुरूप अनुहार भित्रको म
समाजकोअब्बल नमुना प्रस्तुतिमा
हरेक कृयामा मान्छे जस्तै मुस्कुराइदिन्छु।

विरूवा ,भक्तपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *