कविता : फूलमाया

डिसी नेपाल
९ वैशाख २०८० ७:३५
388
Shares

ए फूलमाया,
तिम्रो झुम्का तिमी आफैं किन न
पैसा नभए झुम्का नलगाइ हिँड न
तिमी मगमगाउँदो फूल हौ

वसन्तको बहार बोक्ने
छैन अधिकार कसैलाई पनि
तिम्रो जोवनको मूल्य तोक्ने
प्रकृतिको सृजना हौ

सुन्दर संरचना
हान दनक उसैलाई
जो आउँछ भिडभाडमा छुन
बाँच्नलाई पाएको हो जीवन एउटा फूल

हाँस्नलाई जोवन बेची नगर है भुल
फूल मात्र होइन तिमी
काँडा बन्नु पर्छ
कोही तिमीलाई चुस्न आए

घोची दिनुपर्छ
आफ्नो इज्जत, प्रतिष्ठा,आत्मसम्मान बचाई
मोलमोलाई गर्नेलाई ठिक पार न कान समाइ
तिम्रो इज्जत बेचेर नै चर्चित हुन लागे

इमान, धर्म, कर्म सबै टाढा टाढा भागे
कसलाई दिनु दोष यहाँ
सबै लाटा,अन्धा, काना
आफ्नो इज्जत आफैं राख्नु यति कुरा जान

लाजमाया, इच्छामाया सबै त्यागी देउ
आँटमाया, इज्जतमाया मनमा जगाइ देउ
फर्की हेर देवी दुर्गा सरस्वती माता
दुर्गासँग आँट लिनु सरस्वतीसँग ज्ञान
बॅाच्नलाई पर्दैन है बेच्न तिमीले ज्यान

रचयिता रजिष्टार्ड नर्स हुन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *