जर्मनीमा मनाइयो साकेला
जर्मनी। जर्मनीको फ्रयांकफर्टमा आइतबार किराँतराई समुदायले उभौली पर्व अर्थात साकेला भव्यताका साथ मनाएका छन्। किरात राई समुदायले आफ्ना मौलिक संस्कार तथा संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै जाने माध्यमका रुपमा साकेला मनाउँदै आएका छन्।

गर्मी मौसम सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो मौसम सुरुभएसँगै जाडो छल्न बेंसी झर्ने आफ्ना पितृहरुको सम्झनामा साकेला मनाउने गरिन्छ। बाली नाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उधौली गरी वर्षमा दुई पटक साकेला मनाउने गरिन्छ।

विदेशमा रहेपनि आफ्नो संस्कार र रीतिलाई निरन्तरता दिने उद्देश्यले आयोजना भएको कार्यक्रमका बेल्जियम, नेदरल्याण्ड, चेक रिपल्बिक लगायत युरोपका विभिन्न छिमेकी देशहरुबाट गरी करिब २ सय ५० सहभागी रहेका थिए।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, अर्का पूर्व अध्यक्ष कुमार पन्त, एनआरएनए जर्मनीका कार्यसमिति सदस्यहरु, विभिन्न राजनीतिक दलका विदेश स्थित भातृसंगठनका प्रतिनिधिहरु, जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदाय साकेला नाचमा झुमेका थिए।

नेपाल बहुभाषी, बहुसंस्कृति, बहुजातीय समुदाय भएको भन्दै सदियौ देखि मिलेर बसेका नेपालीले विदेशमा पनि भाइचारालाई निरन्तरता दिएकोमा आयोजकलाई उपस्थितहरुले बधाइ दिएका थिए।

एलसिसी हेसनका संयोजक ज्योती राइले बिशेष गरी नेपाली नेपालीहरुले यस प्रकारका कार्यक्रमबाट एकले अर्केलााई चीनजान गर्ने अवसर मिल्ने हुनाले पनि आयोजना गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा सबै जातजातीहरु सहभागी सहयोग रहेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा अझ ब्यबस्थित तरिकाले आयोजना गरी यसलाई निरन्तरता दिने आयोजक निनाम्मा राई ले बताइन्।



No ads found for this position


Facebook Comment