बेपत्ताको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका हुन्।
आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए।
प्रधानमन्त्री प्रचण्डले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए।
सो क्रममा प्रधानामन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।
प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला लगाएत बाढीपहिरो प्रभावित क्षेत्रका अवस्थाका बारेमा जानकारी लिन त्यसतर्फ गएका थिए।







डिसी नेपाल







Facebook Comment