ट्युनिसियास्थित ब्राजिलको दूतावासमा छुरा प्रहारमा सुरक्षाकर्मीको मृत्यु

डिसी नेपाल
५ असार २०८० १४:५०
56
Shares

ट्युनिस। ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको ब्राजिलको दूतावास बाहिर सोमबार बिहान छुरा प्रहारबाट गम्भीर घाइते भएका सुरक्षा अधिकारीको उपचारका क्रममा मृत्यु भएको ट्युनिस अफ्रिक प्रेस (ट्याप) ले जनाएको छ।

ट्युनिसियाको आन्तरिक मन्त्रालयको सूचना तथा सञ्चार कार्यालयका प्रमुख फकर बोउजघियालाई उद्धृत गर्दै ट्यापले उल्लेख गरेको छ, “आक्रमणकारी ५३ वर्षीय विश्वविद्यालयका प्राध्यापक हुन्।”

बोउजघियाका अनुसार संदिग्धको कुनै आपराधिक रेकर्ड नभएको र परिवारले उनलाई मनोवैज्ञानिक समस्या भएको बताएका छन्। आक्रमणकारीलाई खुट्टामा गोली लागेको थियो र पक्राउ गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *