रूसी विद्रोही सेना भन्छन– ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’

डिसी नेपाल
९ असार २०८० २०:३०
1.8k
Shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी रुसको प्रमुख सहरमा नागरिक र सैन्य निकायलाई अवरुद्ध गरेको बताए।

येभगेनी प्रिगोजिनले सैन्य नेतृत्वलाई पराजित गर्ने अप्रत्याशित प्रयास स्वरुप शनिबार मस्कोतर्फ सशस्त्र  समुह पठाएको देखिन्छ। रुसी अधिकारीहरूले युक्रेनको दक्षिणी भागलाई मस्कोसँग जोड्ने मुख्य सडकमा सैन्य समुह रहेको र त्यहाँका बासिन्दाहरूलाई यसबाट बच्न चेतावनी दिएका छन्।

टेलिग्राममा पोस्ट गरिएको भिडियोमार्फत प्रिगोजिनले घोषणा गरेका छन कि, उनी दक्षिणी रूसको रोस्तोभ अन डनमा रहेको सेनाको मुख्यालय भित्र थिए र उनका लडाकुहरूले शहरमा सैन्य साइटहरू नियन्त्रणमा लिएका थिए। प्रिगोजिनले भनेका छन, उनका सेनाहरू युक्रेनी मोर्चाबाट रूसमा प्रवेश गरिसकेका छन् र उनका हजारौं लडाकुहरू मर्न तयार छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निजी सेनाका प्रमुखले विद्रोहको घोषणा गरेको र देशको प्रमुख सहरमा प्रवेश गरेको स्विकार गरेका छन् । सो क्रममा पुटिनले निजी सेनाका प्रमुखद्वारा सशस्त्र विद्रोहको घोषणालाई ‘देशद्रोह’ भनेका छन्  । साथै, उनीहरुलाई परास्त गरेर जनता र रुसको सुरक्षा गर्ने वाचा गरेका छन्।

देशलाई सम्बोधन गर्दै पुटिनले भने, ‘भाइलाई भाइको विरुद्धमा खडा गरिएको छ। वाग्नरले रसियाका जनतालाई धोका दिएका छन्। उसले हामीलाई पछाडिवाट छुरा प्रहार गरेको छ। वाग्नरले रुसी सेनालाई चुनौती दिएका छन । हामीले सेनालाई जवाफी कारबाहीका लागि निर्देशन दिईसकेका छौं । आतंकवादीहरूलाई कडा सजाय दिनेछौं, अनाबश्यक विद्रोह गरेको छ ।’

मस्कोका मेयरका अनुसार आतंकवाद विरोधी गतिविधि सुरु गर्ने घोषणा गरेका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भने, ‘मस्कोमा आएको सूचनाको सम्बन्धमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले आतंकवाद विरोधी कदम चालिएको छ।’

अर्कोतर्फ दक्षिणी रुसको रोस्तोभ र लिपेत्स्कमा पनि सुरक्षा बढाइएको छ। रोस्तोभमा अधिकारीहरूले सबै बासिन्दाहरूलाई आफ्नो घर नछोड्न आग्रह गरेका छन्।

रक्षा मन्त्रालयसँग एक महिना लामो विवादमा फसेका वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले मस्कोले आफनो समुह माथी घातक मिसाइल आक्रमण गरेको र सो आक्रामण आफ्नो सेनालाई लक्षित गरेको आरोप लगाए र उनले बदला लिने वाचा गरेको समेत जनाएका छन् ।

येभगेनी प्रिगोजिनले देशको सैन्य नेतृत्वलाई पराजित गर्न सबै आवश्यक कदम चाल्ने वाचा गरेका छन । र, आफ्नो सेनाले आफ्नो बाटोमा आउने सबै अवरोधहरूलाई नाश गर्नेसमेत बताए।

प्रिगोजिनले भने, ‘हामी अगाडि बढिरहेका छौं र हामी अन्त्यमा जानेछौं।’ उनले रूसीहरूलाई आफ्नो सेनामा सामेल हुन आग्रह गरे। मस्कोको सैन्य नेतृत्वलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *