बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो
मस्को। वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन्। रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन्।
अलेक्जेंडरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरे, जसलाई वाग्नर सेना प्रमुखले स्वीकार गरे। उनले अडियो सन्देश जारी गर्दै यसबारे जानकारी गराएका हुन्।
समाचार अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री एस पेस्कोभले वाग्नर आर्मीलाई कारबाही नगर्ने बताए, जो रुसी सैन्य बिद्रोहमा सामेल रहेका थिए। इन्टरफ्याक्स समाचार एजेन्सीकाे रिपोर्ट अनुसार शनिबार राति दक्षिणी रूसी शहर रोस्तोभमा सडकहरू फेरि खोल्न थालेका छन्। बाग्नरका लडाकुहरूले रोस्तोभको सैन्य मुख्यालय खाली गरेका छन्, जुन वाग्नरको सेनाले यसलाई कब्जा गरेको थियो।
एपीएन न्यूजका अनुसार वाग्नरका सेना प्रमुखले आफ्ना लडाकुहरूलाई युक्रेनमा रहेको फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएका छन्। ‘बेलारुसका राष्ट्रपतिसँग कुरा गरेपछि हामीले हाम्रा लडाकुहरूलाई फिर्ता लिने निर्णय गर्यौं,’ उनीहरुले भने।
यसैबीच, वाग्नरको सेना राजधानीतर्फ अघि बढे पछि मस्कोले आफ्नो दक्षिणी भागमा सशस्त्र गाडीहरू र रूसी सेनाहरू सहित चौकीहरू निर्माण गरेको थियो। रेड स्क्वायरमा घेराबन्दी गरिएको थियो।
रोयटर्सका अनुसार वाग्नर आर्मीका प्रमुखले अडियो सन्देशमा भनेका छन्-उनीहरु (रुसी सरकार) वाग्नर मिलिटरी कम्पनीलाई खारेज गर्न चाहन्छन्। हामीले २३ जुनमा न्यायको लागि मार्च सुरु गर्यौं। २४ घण्टामा हामी मस्को सीमाबाट २०० किलोमिटर टाढा थियौं। यस अवधिमा हामीले हाम्रा सैनिकहरूको रगतको एक थोपा पनि बगाउन सकेनौं।
No ads found for this position

डिसी नेपाल
Facebook Comment