संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

डिसी नेपाल
१० असार २०८० १२:५२
92
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँद पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *