वेस्ट बैंकको जेनिन शिविरमा इजरायलको कारवाही, तीन जनाको मृत्यु पुष्टि
काठमाडौं । इजरायलको सेनाले वेस्ट बैंकमा प्यालेस्टाइनी चरमपन्थीहरू विरुद्ध ठूलो सैन्य कारबाही सुरु गरेको छ। कब्जा गरिएको वेस्ट बैंकमा भइरहेको अपरेशनको बारेमा इजरायलले भनेको छ कि कम्तिमा सात ‘चरमपन्थी’ या त मारिएका छन् वा उनीहरू ‘नियन्त्रणमा’ छन्।
यसै क्रममा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायलको कारबाहीमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको र २० जना घाइते भएको बताएको छ ।
मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । आक्रमणका कारण एम्बुलेन्स सेवा समेत प्रभावित भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ कि उनीहरू ‘जेनिन क्षेत्रमा चरमपन्थी स्थानहरूमा प्रहार गरिरहेका छन्’।
आइडीएफ ले भन्यो, “यदि चरमपन्थीहरूले जेनिन शिविरलाई लुक्ने ठाउँको रूपमा प्रयोग गर्दै नागरिकहरूलाई हानी गर्न जारी राख्छन् भने हामी चुप लाग्दैनौं।” आइडीएफ ले शिविरलाई चरमपन्थीहरूको “गढ” भनेर वर्णन गरेको छ।
यस कारबाही अन्तर्गत सुरुमा ड्रोन मार्फत आक्रमण गरिएको थियो। सामाजिक सञ्जालमा पोष्ट गरिएको सम्बन्धित भिडियोमा आवासीय क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment