एनआरएनए जर्मनी फुटबल कपको तयारी पूरा

दीपक धिताल
६ साउन २०८० ७:४०
84
Shares

ह्यामवर्ग। जर्मनीको ह्यामवर्ग सहरमा शनिबार एनआरएनए जर्मनी फुटबल कपको आयोजना हुँदैछ ।

गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १२ ओटा नेपाली टोलीबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणका आधारमा खेलाइने प्रतियोगिताका लागि ८ जना जर्मन रेफ्रिहरु रहनेछन् ।

१२ ओटा टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । जस अन्तर्गत समुह ‘ए’ मा एनएफसी हानोफर, नेपाल डार्मस्टाड एसी र नेप्लिज स्टार एनआरडब्लू समुह ‘बी’ मा आइनट्राक्ट नेपाली, एनएफसी स्टुटगार्ट र एनएफसी ह्यामवर्ग रातो रहेका छन् ।

त्यसैगरी समुह ‘सी’ मा खुकुरी ब्रेमेन एफसी, एफसी बर्लीन नेपाल र एनएफसी बोन छन भने समुह ‘डी’ मा एनएफसी ह्यामवर्ग नीलो, आखेन चुली एफसी र एनएफटी म्युनिख रहेका छन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गर्ने एलसीसी ह्यामवर्गकी अध्यक्ष कल्पना वाग्लेले जानकारी दिइन्।

प्रतियोगिताका लागि जर्मनी लगायत युरोपका अन्य देशबाट पनि नेपालीहरु ह्यामबर्ग शहर पुगेका छन् । करिब १ हजार जनालाई निमन्त्रणा गरिएको र करिब सबै आउने हुनाले उपस्थिती संख्या बाक्लो रहने एनआरएनए अभियन्ता अर्जुन ओलीले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले १५ सय यूरो र ट्रफि, दोश्रो हुनेले एक हजार युरो र ट्रफि पाउने छन् भने तेस्रो हुने टोलीले ५ सय युरो र ट्रफि पाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *