डीआरसीमा जर्मनीबाट डाँगीको उम्मेदवारी घोषणा

डिसी नेपाल
२१ साउन २०८० ११:५८

जर्मनी। गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप क्षेत्रिय उपसंयोजक पदमा जर्मनीबाट शंकर डाँगीले उम्मेदवारी घोषणा गरेका छन्।

संस्थागत रुपान्तरण सहित युवामैत्री एनआरएनए आजको आबस्यकता भन्ने संकल्पका साथ बर्तमान आइसीसी सदस्य समेत रहेका डाँगीले डीआरसी पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए जर्मनीमा रुचाइएका र विवादमा नपरेका अभियन्ता डाँगी सक्षम एवं उदयीमान नेतृत्वको रुपमा आफूलाई स्थापित गराउन चाहन्छन्।

एनआरएनएमा संगठनात्मक परिवर्तन नभए एनआरएनको अस्तित्व कठिन समयमा गुज्रिने जनाउँदै यसमा ब्यापक परिवर्तन अपरिहार्य रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

सबै विचार र सम्भावनालाई सम्मान गर्दै अभियन्ताहरुको नबिन सोचका साथ अघी बढ्नु अहिलकोे आवश्यकता रहेको उनले औंल्याए। प्रजातान्त्रिक विचारधारालाई अवलम्बन गर्दै आएका डाँगी सबै विचारलाई सम्मान गर्दै सवैको अस्तित्व स्वीकार गर्न सक्नु नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण गुण हो भन्दै आफू सोही बाटोमा रहेको दावी गर्छन्।

एनआरएनमा एनसिसि सचिब देखी लिएर आइसिसि सदस्यसम्मको यात्रा पार गरेका उनी आफूलाई अब डीआरसी पदमा निर्वाचित गराएर सेवा गर्ने अवसर पाउनेमा विश्वस्त छन्। आफ्नो सो विश्वासलाई सबै युरोपवासी नेपाली र अभियन्ताले सम्मान गर्ने उनको धारणा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *