देशभरका आजका केही रोचक तस्बिरहरु…

डिसी नेपाल
२२ साउन २०८० १६:०३

पोखराको प्रसिद्ध धार्मिकस्थल पोखरा– ६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरमा सोमबार १०८ शिव लिङ्गमा जल तथा दूध चढाउँदै भक्तजन।

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको सदरमुकाम दमौलीलगायत आसपासका बजार र मादी सेती नदी ।

 सप्तरीको तिरुहत गाउँपालिका–५, लोहजारमा अवस्थित लोहजारा दह

-वर्षाको पानीको उचित निकास नहुदा पार्किङ गर्ने क्षेत्र डुवानमा पर्दा कञ्चनपुरको कलुवापुर बजार क्षेत्रको सडकमा राखिएका अटो । अटो लगायतका सवारी साधन सडकमै पार्किङ गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

-बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो । बैसरीमा दैनिक जसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित भएको छ ।

-बागलुङ नगरपालिका–४ कुडुले फेदीमा रहेको हरियाली धान खेतको फाँट । यस खेतमा धानको राम्रो उत्पादन हुन्छ ।

-सिकलसेल एनिमिया रोगको अध्ययन गर्न आउकी जापानकी डा. युका नाकामुरा दाङका शान्तिनगर गाउँपालिका –२ का सिकलसेल पीडितसंग भेटघाटपछि लिइएको सामूहिक तस्बिर।

 

-कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको हो।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-४ खैरेनीटारमा पर्खाल लगाउदै कामदार ।


-म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा जातीय तथा सांस्कृतिक महत्वका बिषयलाई प्रयोगात्मक रुपमा नै सिकाउँदै आएको जनाएको छ ।

तस्बिर स्रोतः रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *