कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

डिसी नेपाल
२९ साउन २०८० १५:१८

विराटनगर। कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ ।

गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *