नेपाललाई दोस्रो सफलता, इमाम उल हक पनि आउट

डिसी नेपाल
१३ भदौ २०८० १५:५१

काठमाडौं । एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । पाकिस्तानी ओपनर इमाम उल हक रनआउट भएका छन् । इमाम आउट हुँदा पाकिस्तानको स्कोर २ विकेटको क्षतिमा २५ रन छ ।

यसअघि करण केसीले पहिलो विकेट लिएका थिए । करणले फखर जमाँलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

पाकिस्तानका ओपनर इमाम उल हक ५ रनको व्यक्तिगत स्कोरमा आउट भए भने फखर जमाँ १४ रनको व्यक्तिगत स्कोरमा आउट भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *