नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट

डिसी नेपाल
१३ भदौ २०८० १७:१८

काठमाडौं । एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका सलमान अली ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजमले ४९ रन बनाएर खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *