बाबर आजमले बनाए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १९ औँ शतक

डिसी नेपाल
१३ भदौ २०८० १८:२०

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १९ औँ शतक बनाएका छन् ।

एसिया कपमा नेपाल विरुद्धको खेलमा बाबरले १०९ बलमा १० चौकाको साथमा शतक बनाएका हुन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक १५८ रन बनाएका छन् ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२५ रन बनाएर खेलिरहेको छ । कप्तान बाबर १०० रन तथा इफ्तिखर अहमद ५० रन बनाएर क्रिजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *