मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर

डिसी नेपाल
५ असोज २०८० १३:१५

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा गाउँका बुद्धु बुढा उमेर अहिले ६० नाघिन्। विगतमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका लागि जति संघर्ष, सास्ती खेपिन् उनले अहिले पनि अवस्था उस्तै थियाे । विगतका ति दिनहरुलाई फर्केर हेर्दा  गुजारेकाे कष्टकर क्षण सम्झिदा उनको मन भक्कानिन्छ।

सिटामोल पाउन पनि मुस्किल पर्ने मुगाली जनता सधैँ रोग र भोकले पीडित बनिरहे। तर, देशमा संघीयता कार्यान्वनयनसँगै  जिल्लामा सञ्चालित संघ संस्थाले गर्दा पछिल्लो समय मुगुका नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न थालेका छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ , ११ , र १४ वडामा बर्थिङ सेन्टर सञ्चालन भएकाले यहाँका मानिस हर्षित देखिन्छन्। अकालमा शिशु  र आमाकाे मृत्यु हुने अवस्थालाई बर्थिङ सेन्टरले अन्त्य गर्न सहयाेग गर्ने अपेक्षा स्थानीयले गरेका छन्।

मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत रोवा प्रसूति गृह निर्माण भएपछि अब ११ नं वडाका नागरिकहरुले सहजै रुपमा सुविधा युक्त संरचनामा सुत्केरी गर्न पाउने भएका छन् ।

कोईका , गुर्ड नेवर्स जापानको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा जम्मा ६३ लाख ६६ हजार ६ सय ७२ रुपैयाको लागतमा रोवा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर निर्माण भएको एमसिएच प्रोजेक्ट कार्यक्रमका राजेस उपाध्यायले बताए।

उनका अनुसार रोवा गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि अब यहाँका नागरिकहरुले सहजै सेवा पाउने बताए ।  छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्या मल्लका अनुसार विशेष गरेर दूर्गम गाउँका महिलाहरुले गाउँ घरमा यस्ता स्वास्थ्य संस्थाहरु नहुँदा अकालमै आमा र बच्चाको ज्यान गुमाउनु परेको थियो ।

अब यस्तो समस्यालाई मध्येनजर गर्दे गाउँमै बर्थिङ सेन्टर बने पनि मृत्युको मुखबाट बच्ने नगर उपप्रमुख मल्लले बताइन् । अब यो बर्थिङ सेन्टरको व्यवस्थापन स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउन र यहाँका नागरिकहरुको स्वास्थ्य क्षेत्र आँच आउन नदिन नगरपालिकाले सहयोग गर्ने बचन दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *