युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला
एजेन्सी। युक्रेनले क्रिमियास्थित रुसी ब्ल्याक सी बेडाको मुख्यालयमा हमला गरेको छ। नौसेना अधिकारीहरुको बैठक बसिरहेका बेला भएको हमलामा केही रुसी सुरक्षाकर्मी हताहत भएको युक्रेनी सेनाले दाबी गरेको छ।
रुसले पनि शुक्रबारको आक्रमणपछि एक सैनिक बेपत्ता भएको बताएको छ। बन्दरगाह सहर सेभास्टोपोलमा रहेको बेडालाई उत्कृष्ट रुसी बेडाको रुपमा लिने गरिएको छ।
शुक्रबारको आक्रमणमा बेलायत र फ्रान्सले आपूर्ति गरेका मिसाइल प्रयोग गरी गरिएको थियो। क्षेप्यास्त्र आक्रमणमा दुई रुसी कमाण्डर सख्त घाइते भएको युक्रेनी सेनाको दाबी छ । हमलामा केकति क्षति भयो भन्ने स्पष्ट हुन सकेको छैन।
यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी नेतृत्वमा पश्चिमा शक्तिहरू युक्रेनीको हात र शरीर प्रयोग गरी रुस विरुद्ध लडिरहेको बताउनु भएको छ। न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लाभरोभले पश्चिमलाई “झुटको वास्तविक साम्राज्य” भन्दै निन्दा समेत गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment