३ महिनादेखि बलात्कार गरिरहेका पितालाई छोरीले गोली हानेर मारिदिइन्

डिसी नेपाल
७ असोज २०८० १३:३८
8.1k
Shares

काठमाडौं । पाकिस्तानको पञ्जाब राज्यमा निर्दयी बाबुको छोरीले गोली हानी हत्या गरिन् । १४ वर्षीया छोरीले तीन महिनादेखि आफ्नो बुबाले बलात्कार गरेको आरोप लगाएकी छन् ।

यो घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा शनिबार भएको हो । प्रहरीलाई दिएको बयानमा किशोरीले आफ्ना बाबुले तीन महिनादेखि बलात्कार गरिरहेको बताएकी छन् ।

घटनाको अनुसन्धान गरिरहेका सोहेल काजमीले भने, “छोरीले आफू नरकबाट गुज्रिरहेको बताइन् र आफ्नो बलात्कारी बुबालाई मार्ने निर्णय गरिन्, त्यसैले उनले आफ्नो बाबुलाई बन्दुकले गोली हानेकी थिइन्।”

किशोरीका बाबुको घटनास्थलमै मृत्यु भएको काजमीले बताए । “सबै पक्षको अनुसन्धान पछि, संदिग्ध विरुद्ध मुद्दा दर्ता गरिनेछ,” अधिकारीले भने।

यो मुद्दा त्यतिबेला चर्चामा आएको छ जब एक दिन अघि शुक्रबार पाकिस्तानको एक अदालतले आफ्नी नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

लाहोरको लिंग आधारित हिंसा अदालतका अतिरिक्त सत्र न्यायाधीश मियाँ शाहिद जावेदले आफ्नी नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा एम. रफिकलाई मृत्युदण्डको सजाय सुनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *