कोसोभो प्रहरी र सशस्त्र लडाकुहरूसँगको भिडन्तमा चार जनाको मृत्यु, सर्बियामाथि आरोप

डिसी नेपाल
८ असोज २०८० १३:४१
40
Shares

काठमाडौं । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले कोसोभो प्रहरीमाथि करिब ३० सशस्त्र लडाकुहरूले गरेको आक्रमणलाई ‘घृणित’ भन्दै निन्दा गरेका छन्।

यसका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । करिब ३० सशस्त्र लडाकुहरूले सर्बियासँगको सिमाना नजिक रहेको एउटा गाउँमा आक्रमण गरेका थिए ।

कोसोभो प्रहरीका अनुसार यस आक्रमणमा एक प्रहरी अधिकारी र तीन बन्दुकधारी मारिएका छन्। तर, त्यसपछि कोसोभो प्रहरीले ती आक्रमणकारीहरूलाई एक मठमा घेरेको थियो।

प्रधानमन्त्री अल्बिन कुर्तीले बन्दुकधारीहरुलाई आत्मसमर्पण गर्न अपिल गरेका छन् । उनले यस आक्रमणका लागि सर्बियाद्वारा समर्थित ‘अपराधी’लाई जिम्मेवार ठहर गरेका छन्।

यी आरोपहरूमा सर्बियाबाट कुनै बयान आएको छैन।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले सर्बिया र कोसोभोबीचको सम्बन्धलाई सामान्य बनाउन रोकिएको प्रक्रियालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन्।

यस हप्ताको सुरुमा उनले कोसोभोका प्रधानमन्त्री कुर्तीलाई यस दिशामा प्रगतिमा अवरोध गरेको आरोप लगाए।

कोसोभोमा नाटोको नेतृत्वमा रहेको शान्ति सेना केएफआरले यस क्षेत्रमा आफ्नो सेना रहेको र आवश्यक परे प्रतिक्रिया दिन तयार रहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *