इटालीका कुख्यात माफिया डन माटियो डेनारोको निधन
काठमाडौं । इटालियन माफिया डन माटियो मेसिना डेनारोको निधन भएको छ । उनलाई यो वर्ष मात्रै पक्राउ गरिएको हो । पक्राउ गर्नुअघि उनी इटालीमा ‘मोस्ट वान्टेड’ थिए।
६१ वर्षीय माटियो डेनारोको बारेमा एउटा राय थियो कि उनी कुख्यात कोसा नोस्ट्रा माफियाको अन्तिम मालिक थिए। उनी झण्डै तीस वर्षदेखि प्रहरीबाट फरार रहँदै आएका थिए । उनलाई यसै वर्षको जनवरीमा पक्राउ गरिएको थियो ।
पक्राउ पर्दा उनी क्यान्सरबाट पीडित थिए र उनको उपचार भइरहेको थियो । गत महिना उनलाई जेलबाट अस्पताल सारिएको थियो । उनी हत्याका धेरै घटनामा संलग्न रहेको बताइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment