नाजीहरूको लागि लड्ने व्यक्तिलाई क्यानाडाको संसदमा सम्मान, प्रधानमन्त्रीले भने – यो लज्जास्पद छ

डिसी नेपाल
९ असोज २०८० १३:२३
136
Shares

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार दोस्रो विश्वयुद्धमा नाजीहरूको लागि लड्ने व्यक्तिलाई उभिएर अभिवादन दिनु लाजमर्दो भएको र यसलाई सहन नसकिने बताएका छन्।

समाचार एजेन्सी एफपीका अनुसार प्रधानमन्त्री ट्रुडोले यो ‘स्पष्ट रूपमा अस्वीकार्य’ भएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यो क्यानडाको संसद र सबै क्यानाडालीहरूका लागि लाजमर्दो कुरा हो।”

यस गल्तीका लागि क्यानडाको संसदका सभामुखले माफी मागेका छन् ।

सभामुख एन्थोनी रोटाले ९८ वर्षीय यारोस्लाभ ल्युबकालाई युक्रेनी युद्धको नायकको रूपमा वर्णन गर्दै क्यानाडाको संसदमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको उपस्थितिमा उभिएर अभिवादन गरेका थिए ।

पछि थाहा भयो कि ल्युबका हिटलरको सेनामा थिए र दोस्रो विश्वयुद्धमा नाजीहरूको तर्फबाट लडेका थिए।

यस घटनापछि धेरै क्यानाडाली नेताहरूले ट्रुडो प्रशासनको निन्दा गर्दै रोटाको राजीनामा माग गरिरहेका छन्। जबकि क्यानडाको मुख्य विपक्षी कन्जरभेटिभ पार्टीले ल्युबकाको पृष्ठभूमिको उचित अनुसन्धान गर्न असफल भएकोमा ट्रुडो प्रशासनको आलोचना गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *