बरिष्ठ अभिनेत्री वहिदा रहमानलाई प्रतिष्ठित दादासाहेब फाल्के अवार्ड दिने घोषणा
काठमाडौं । चर्चित अभिनेत्री वहिदा रहमानलाई यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सोसल मिडिया प्लेटफर्म एक्समा यसको घोषणा गरेका हुन्।
पुरस्कारको घोषणा गर्दै केन्द्रीय मन्त्री अनुराग ठाकुरले ट्वीटरमा लेखेका छन्, “वहिदा रहमान जीलाई भारतीय सिनेमामा उहाँको उत्कृष्ट योगदानको लागि यस वर्षको प्रतिष्ठित दादासाहेब फाल्के लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको घोषणा गर्न पाउँदा म अत्यन्तै खुसी र सम्मानित महसुस गर्दैछु।”
“वहिदा जीलाई हिन्दी फिल्महरूमा उहाँको भूमिकाका लागि समीक्षकहरूले अत्यधिक प्रशंसा गरे। उहाँले प्यासा, कागज के फूल, चौदहवी का चन्द, साहेब बीवी और गुलाम, गाइड, खामोशी र अन्य धेरै जस्ता चलचित्रहरूमा उत्कृष्ट काम गर्नुभयो ।”
“पाँच दशक लामो आफ्नो करियरमा उहाँले आफ्नो भूमिका सुन्दर ढंगले निभाउनुभएको छ । फिल्म रेश्मा और शेरामा कुलवधुको भूमिका निर्वाह गरेबापत उहाँले राष्ट्रिय चलचित्र पुरस्कार पाउनुभएको थियो ।”
“पद्म श्री र पद्म भूषण सम्मानित वहिदा जीले एक भारतीय महिलाको समर्पण, प्रतिबद्धता र शक्तिको उदाहरण दिनुभएको छ जसले कडा परिश्रम मार्फत व्यावसायिक उत्कृष्टताको उच्चतम स्तर हासिल गर्न सक्छ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment