इरानले भूउपग्रह प्रक्षेपण गरेपछि अमेरिकाले के भन्यो ?

डिसी नेपाल
११ असोज २०८० १२:००
140
Shares

काठमाडौं । इरानले बुधबार एउटा इमेजिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।

इरानको यस्तो कदमले पश्चिमी देशसँगको तनाव झनै बढाउन सक्छ । पश्चिमी देशहरूले इरानले आणविक हतियार बनाउन अन्तरिक्ष प्रविधिको प्रयोग गर्न सक्ने डर छ।

इरानी समाचार एजेन्सी इरनाको समाचार अनुसार इरानका सञ्चार मन्त्री एसा जरेपुरले भने, “नूर-३ उपग्रहलाई पृथ्वीको सतहबाट ४५० किलोमिटरको दूरीमा अन्तरिक्षमा राखिएको छ।”

यद्यपी इरानले यो स्याटेलाइट कहिले प्रक्षेपण गरेको हो भन्ने स्पष्ट भइसकेको छैन । इमेजिङ स्याटेलाइट नूर–३ ले पृथ्वीको सतहबाट ४५० किलोमिटरको दूरीमा परिक्रमा गर्नेछ ।

अमेरिकी सेनाले यस्तै लामो दुरीको ब्यालिस्टिक टेक्नोलोजीले इरानलाई आणविक हतियार सहित लामो दुरीका हतियारहरू विकास गर्न मद्दत गर्ने बताएको छ। इरानको मिसाइल कार्यक्रम मध्यपूर्वका देशहरूमध्ये सबैभन्दा ठूलो हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *