उज्बेकिस्तानका पूर्व राष्ट्रपतिकी छोरीमाथि स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय अपराध सिन्डिकेट चलाएको आरोप

डिसी नेपाल
१३ असोज २०८० १२:५३
40
Shares

काठमाडौं । स्वीस सरकारी वकिलहरूले उज्वेकिस्तानका पूर्व राष्ट्रपतिकी छोरीलाई अन्तर्राष्ट्रिय अपराध सिन्डिकेट चलाएको आरोप लगाएका छन्।

गुलनारा करिमोभाका बुबा इस्लाम करीमोभले झण्डै एक चौथाई शताब्दीसम्म उज्वेकिस्तानमा शासन गरे। गुलनारामाथि करोडौं डलर घुस लिएको आरोप छ ।

उज्बेकिस्तानको दूरसञ्चार क्षेत्रमा व्यापारिक लाभ दिने बदलामा उनले यो रकम लिएको आरोपमा उल्लेख छ ।

स्विट्जरल्याण्डका महान्यायाधिवक्ताले सो रकम स्वीस बैंक खाताबाट दुरुपयोग भएको बताएका छन् ।

‘द अफिस’ भनेर चिनिने गुलनारा र उनको संस्थामाथि नक्कली कागजात बनाएर यी खाता सञ्चालन गरेको आरोप छ ।

गुलनारामाथि सन् २००१ देखि २०१३ सम्मको अवधिमा गरेका गतिविधिको अभियोग लगाइएको हो ।

गुलनारा करीमोभा हाल उज्वेकिस्तानको जेलमा छिन् । उनलाई अवैध जबरजस्ती असुली र हिनामिना गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *