साउदी अरेबिया जान लागेको विमानबाट १६ भिखारीलाई ओरालियो

डिसी नेपाल
१४ असोज २०८० १२:५०
3.2k
Shares

काठमाडौं । पाकिस्तानको मुल्तान एयरपोर्टमा साउदी अरब जान लागेको विमानबाट १६ जना भिखारीलाई ओरालिएको छ । उनीहरू भिख मागेर कमाएको पैसाको आधा पैसा दलाललाई दिने शर्तमा फर्जी कागजपत्र बनाएर जान लागेका थिए ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले दुई दिन अघि मुल्तान एयरपोर्टमा साउदी अरब जान लागेको उडानबाट उमराह तीर्थयात्रीको रूपमा जान लागेका १६ जना कथित भिखारीलाई ओरालेको हो ।

पाकिस्तानी समाचार च्यानल डनले एफआईएलाई उद्धृत गर्दै भनेअनुसार विमानबाट ओरालिएको समूहमा एक बच्चा, ११ महिला र चार पुरुष थिए।

यी व्यक्तिहरू देश छोडेर उमराह भिसामार्फत साउदी अरब जान चाहन्थे। अध्यागमन प्रक्रियाका क्रममा एफआईए अधिकारीहरूले यात्रुहरूलाई सोधपुछ गरे जसले आफूहरू भीख माग्न विदेश जान लागेको स्वीकार गरे।

उनीहरूले भिख मागेर हुने कमाईको आधा आफ्नो यात्राको व्यवस्थामा संलग्न एजेन्टलाई दिनुपर्ने पनि खुलासा गरे ।

उमराह भिसाको म्याद सकिएपछि उनीहरू पाकिस्तान फर्किने भनिएको थियो । थप सोधपुछ र कानुनी कारबाहीका लागि एफआईएले यी यात्रुलाई मुल्तानबाट पक्राउ गरेको हो ।

प्रवासी पाकिस्तानी र मानव संसाधन विकास मन्त्रालयले विदेशमा रहेका पाकिस्तानीहरूको सिनेट समितिमा भिखारीहरूलाई अवैध रूपमा भीख माग्न विदेश पठाइएको खुलासा गरेको एक दिनपछि उनीहरूलाई पक्राउ परेको हो।

विदेशमा पक्राउ परेका भिखारीमध्ये ९० प्रतिशत पाकिस्तानी रहेको मन्त्रालयका सचिवले सिनेट प्यानललाई बताए । उनले भनेका थिए, “इराकी र साउदीका राजदूतहरूले यी गिरफ्तारीको कारण जेलहरूमा भीडभाड भएको रिपोर्ट गरेका छन्।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *