मेक्सिकोमा चर्चको छत खस्दा सात जनाको मृत्यु, ३० जना भग्नावशेषमुनि दबिएको आशंका
काठमाडौं । मेक्सिकोमा एउटा चर्चको छत खस्दा सात जनाको मृत्यु भएको छ । यो भग्नावशेषमा अझै ३० जना फसेका छन् । भग्नावशेषमा केही बालबालिका पनि पुरिएको हुनसक्ने आशंका छ ।
मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ । यो दुर्घटना सिउदेद मदेरोमा भएको थियो, जहाँ सान्ता क्रुज चर्चको छत खसेको थियो।
तटीय प्रान्त तामौलिपासका प्रहरीले छत खस्दा चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको बताएको छ । सामाजिक सञ्जालमा देखा परेका तस्बिरहरूले देखाएअनुसार मानिसहरू बेल्चा र कोदालोले अवशेष हटाउन प्रयास गरिरहेका छन्।
तस्बिरहरूले आपतकालीन सेवाहरूसँग सम्बन्धित व्यक्तिहरू र गाडीहरू चर्च नजिक आइपुगेको देखाउँछन्। अधिकारीहरूले चर्च वरपर पूर्ण शान्ति कायम गर्न निर्देशन दिए ताकि भग्नावशेषमा दबिएका मानिसहरूको आवाज सुन्न सकियोस्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment