सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु भएपछि हंगामा
काठमाडौं । महाराष्ट्रको नान्देडको सरकारी अस्पतालमा पछिल्लो २४ घण्टामा २४ जना बिरामीको मृत्यु भएको छ । अक्टोबर १ देखि मृत्यु हुनेमा १२ नवजात शिशुहरू छन्।
अस्पतालका डीन एसआर वाकोडेले नवजात शिशुबाहेक अन्यको मृत्यु सर्पको टोकाइ र विषका कारण भएको बताए ।
समयमा औषधि नपुगेका कारण बिरामीको मृत्यु भएको बताइए पनि वाकोडेले यो आरोप अस्वीकार गरेका छन् ।
वाकोडेले औषधिको अभाव भए पनि आकस्मिक अवस्थामा भर्ना भएका बिरामीका लागि पर्याप्त औषधि उपलब्ध रहेको बताए ।
हाफकिन इन्स्टिच्युटले औषधि खरिद गर्न बन्द गरेपछि राज्यभरका सरकारी अस्पतालमा औषधिको अभाव भएको बताइएको छ ।
शंकरराव चव्हाण सरकारी अस्पताल नजिकैको ७०–८० किलोमिटर क्षेत्रका बिरामी आउने गरेका छन् । वरपरको क्षेत्रमा अन्य ठूला अस्पताल नभएकाले आकस्मिक अवस्थामा बिरामी यहाँ आउने गर्छन् ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका सबै बिरामी यहाँ आकस्मिक भर्नाका लागि आएको अस्पतालको दाबी छ ।
डीन वाकोडेले भने, ‘यसबाहेक अस्पतालका मेडिकल अधिकृतको सरुवाका कारण पनि केही समस्या देखिएको छ ।’
यसबाहेक बिरामीको चाप पनि बढेको र हाफकिन इन्स्टिच्युटले औषधि खरिद नगर्दा केही हदसम्म अभाव भएको अस्पतालले जनाएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले यी मृत्युको छानबिन गरिने बताएका छन् ।
राज्यका स्वास्थ्यमन्त्री हसन मुश्रीफले भने, “तेलंगानाको सीमावर्ती परभनी, हिंगोलीका मानिसहरू यस अस्पतालमा उपचारका लागि आउँछन्। मानिसहरू पहिले निजी अस्पतालमा उपचार गर्छन् तर जब उनीहरूको स्वास्थ्यमा सुधार आउँदैन र उनीहरूको बिल बढ्न थाल्छ। संक्रमित भएमा भर्ना गरिन्छ। तर, २४ घण्टामा २४ जनाको मृत्यु हुनु गम्भीर विषय हो, छानबिन हुन्छ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment