अमेरिकाले इरानबाट जफत गरेको ११ लाख गोली युक्रेन पठायो

डिसी नेपाल
१८ असोज २०८० १६:४३
72
Shares

काठमाडौं । अमेरिकाले गत वर्ष इरानबाट जफत गरिएको करिब ११ लाख गोली युक्रेनलाई हस्तान्तरण गरेको छ ।

मध्यपूर्वमा सञ्चालनको निगरानी गर्ने युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले गत वर्ष डिसेम्बरमा यमनका लागि उडेको जहाजबाट यी गोलीहरू बरामद गरिएको बताएको छ। पश्चिमी देशहरूले युक्रेनलाई उनीहरूको हतियार भण्डार घट्दै गएको चेतावनी दिएका थिए।

इरानबाट बरामद गरिएका यी गोली युक्रेनलाई दिइएको सेन्टकमले जनाएको छ ।

गत वर्ष डिसेम्बर ९ मा अमेरिकाले मारवान १ नामक जहाजबाट यी गोली बरामद गरेको थियो । त्यो जहाजमा कुनै पनि देशको झण्डा थिएन। अमेरिकी सरकारले जुलाईमा एउटा प्रक्रियामार्फत यो जहाजको स्वामित्व प्राप्त गरेको थियो।

यस मामिलामा इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई आरोप लगाइएको थियो। इरानले लामो समयदेखि यमनका हुथी विद्रोहीलाई हतियार उपलब्ध गराएको आरोप लगाउँदै आएको छ ।

यसैबीच, इरानले रुसलाई हतियार विशेषगरी ड्रोनहरू आपूर्ति गरिरहेको खबर आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *