सिक्किममा बाढीमा परेका १८ जनाको शव भेटियो, २२ सेनाका जवान सहित ९८ जना बेपत्ता
काठमाडौं । सिक्किमको टिस्टा नदी बेसिनमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । पुल एक्कासी भत्किँदा धेरै मानिसहरु बगेका थिए । सेना र एनडीआरएफ टोली बेपत्ता व्यक्तिहरूको खोजीमा व्यस्त छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार २२ सेनाका जवानसहित ९८ जना अझै बेपत्ता छन्। राज्यका मुख्य सचिव वीबी पाठकले भनेअनुसार उत्तर सिक्किमको ल्होनाक तालमा बुधबार बिहान बादल फुट्दा भारी वर्षा भयो र बाढीको स्थिति सिर्जना भयो।
ज्यान गुमाउने १८ जनामध्ये चारजना सेनाका ‘सिपाही’ हुन् । समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीहरूले सडकहरू “गम्भीर रूपमा” क्षतिग्रस्त भएको र १४ वटा पुलहरू बगाएको बताए।
बाढीपीडितको उद्धारका लागि उद्धारकर्मी खटिरहेका छन् । सञ्चार प्रणाली अवरुद्ध भएको छ । जनताका लागि २५ वटा राहत शिविर स्थापना गरिएको छ ।
सिक्किम सरकारले मनसुनका कारण नदीमा पानीको बहाव सुरु भइसकेको बताएको थियो तर माथिल्लो भागमा रहेको ल्होनाक तालमा बादल पसेपछि त्यसको पानी तल ओर्लियो र नदीमा पानीको सतह झन् बढ्यो जसका कारण धेरै पुल, घर र सडकहरु बगायो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment