प्रिगोजिनको मृत्युमा पुटिनले किन लागू औषध र रक्सीको उल्लेख गरे ?

डिसी नेपाल
२० असोज २०८० ११:२७
32
Shares

काठमाडौं। भ्लादिमिर पुटिनले बिहीबार वाग्नेरियन सेना प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु बाह्य आक्रमणबाट नभई ड्रग्स र मदिराको प्रभावमा विमान भित्र रहेको ह्यान्ड ग्रेनेडको विस्फोटबाट भएको औंल्याए।

समाचार एजेन्सी रोयटर्सका अनुसार अनुसार पुटिनले सोचीमा आयोजित भल्दाई डिस्कसन क्लबको बैठकमा भने “दुर्घटनामा मारिएकाहरुको शवमा हात ग्रेनेडका टुक्रा भेटिएको थियो।”

उनले भने– ‘विमानमा कुनै बाहिरी हमला थिएन भन्ने तथ्य हो ।’

प्रिगोजिनको मृत्युपछि एक अमेरिकी अधिकारीले विमानलाई गोली हानेर खसालेको बताएका छन् । विमान दुर्घटनाको कारणबारे पनि शंका गरिएको छ ।

तर, पुटिनले यसबारे विस्तृत रूपमा कुरा गरेनन् न त उनले विमानमा बस्दा ह्यान्ड ग्रेनेड कसरी विस्फोट हुन सक्छ भनेर बताए । तर उनले विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरुको मदिरा र लागुऔषध परीक्षण गरिनु पर्ने बताए ।

उनले भने- “मेरो विचारमा यो अनुसन्धान हुनुपर्ने थियो तर भएन।”

उनले भने ‘अनुसन्धानकर्ताहरूले सेन्ट पिटर्सबर्गमा वाग्नरको कार्यालयको खोजीमा १० अर्ब रूबल नगद र ५ किलोग्राम कोकेन ड्रग्स फेला पारे।’

तर, यसबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *